IME Life New

उपत्यकाभित्र विपद् उद्धारका लागि व्यवसायीले निःशुल्क हेलिकप्टर, ड्रोन र राफ्टिङ्ग उपलब्ध गराउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वायुसेवा संचालक संघ नेपालले काठमाडाैं उपत्यकाभित्र विपद् उद्धार कार्यका लागि निःशुल्क हेलिकप्टर उडान सेवा उपलब्ध गराउने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संघबीच भएको समझदारी अनुसार, संघले काठमाडौं उपत्यकाभित्र हेलिकप्टर उडान गर्नु परेमा निःशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर उडान गर्नु परेमा न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी भएको हो ।

Esewa
Crest

यसैगरी प्राधिकरणले  विपद्‌मा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि ड्रोनको समेत प्रयोग गर्ने भएको छ। प्राधिकरण र नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिजसँगको समझदारी अनुसार विपद्को समयमा ड्रोन र राफ्टको प्रयोग गर्न प्राधिकरणले आवश्यक देखि माग गरेमा निःशुल्क रुपमा जनशक्तिसहित उपकरण उपलब्ध गराउने समझदारी भएको छ।

प्राधिकरणका अनुसार, यी तीनवटै संगठनसँग मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएको हो। यो समझदारी एक वर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS