IME Life New

बीमा प्राधिकरणले अभिकर्ताको आचारसंहिता पुनरावलोकन गर्न ढिला भएको हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिरकणले जारी गरेको बीमा अभिकर्ताको आचारसंहिता प्रविधिको विकाससँगै बढ्दो चुनौतीको सामना गर्न फितलो साबित भएको छ। प्राधिकरणले बीमा ऐन, २०७९ को कार्यान्वयन, बीमा नियमावली २०७९ र बीमालेखसम्बन्धी निर्देशिका, २०७८ को प्रावधान र डिजिटल मिडियाका कारण देखिएको चुनौतीको सामना गर्न यसलाई अध्यावधिक गर्नुपर्ने दायित्व छ।

डिजिटल मिडियाको दुरुपयोगः केही बीमा अभिकर्ताले टिकटक, फेसबुक र युट्युबजस्ता सामाजिक सञ्जालमा छुट, निःशुल्क, विशेष अफरजस्ता भ्रामक शब्द प्रयोग गरेर बीमितलाई आकर्षित गरिरहेका छन्।

Esewa
Crest

विद्यमान नियमको उल्लंघनः हालको आचारसंहिताको दफा २.६ ले ग्राहकलाई प्रलोभनमा पार्न आफ्नो कमिसनको कुनै पनि अंश दिन्छु भनी कबोल गर्न स्पष्ट रुपमा प्रतिबन्ध लगाएको छ। तर, डिजिटल माध्यमको आडमा ४ वर्षमात्र किस्ता तिरे पुग्ने वा यति प्रतिशत बोनस निश्चित भन्दै पोलिसीको गलत व्याख्या गरी यो नियमको ठाडो उल्लंघन गरिएको छ।

कृत्रिम बुद्धिमता (एआई) र नयाँ प्रविधिको चुनौतीः एआई प्रविधि र डिजिटल मिडियाका कारण भिडियो सम्पादन सहज भएसँगै अभिकर्ताहरुले भ्रामक ग्राफिक्स, गलत क्याल्कुलेटर र मिथ्या विवरणहरु फैलाएर अस्वस्थ प्रतिस्पर्धा जुन दफा २.७ विपरीत हो। तर, गरिरहेका छन्।

डिजिटल मिडिया र एआईको को बढ्दो प्रभावलाई नियमन गर्न अभिकर्ताको आचारसंहितामा संशोधन गर्न आवश्यक भइसकेको छ। प्राधिकरणले सामाजिक सञ्जाल र अन्य डिजिटल मिडियाको दुरुपयोग नियन्त्रण गर्न र सर्वसाधारणलाई भ्रामक जानकारी र ठगीको सिकार हुनबाट संरक्षण गर्न केही नयाँ प्रावधानहरु समावेश गर्नुपर्छः

सामाजिक सञ्जाल र डिजिटल प्रवर्द्धनसम्बन्धी निर्देशिका

भ्रामक शब्दहरुको प्रयोगमा पूर्ण प्रतिबन्धः सामाजिक सञ्जालका पोस्ट, भिडियो वा क्याप्सनमा डिस्काउन्ट, अफर, बम्पर उपहार, निःशुल्कजस्ता वित्तीय प्रलोभन देखाउने शब्दहरु प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइनुपर्छ।

खुलासासम्बन्धी व्यवस्थाः अभिकर्ताले डिजिटल माध्यममा बीमालेखको बोनस वा प्रतिफल सम्बन्धी जानकारी राख्दा यो केवल उदाहरणमात्र हो। वास्तविक बोनस कम्पनीको वित्तीय स्थिति र प्राधिकरणको स्वीकृतिबमोजिम हुनेछ भन्ने जानकारी लेखिएको विवरण प्रवर्द्धनात्मक सामग्री (भिडियो वा चित्र) मा स्पष्ट डिस्क्लेमर राख्न अनिवार्य गरिनुपर्छ।

सम्बन्धित कम्पनीबाट पूर्वस्वीकृतिः कुनै पनि अभिकर्ताले आफू आबद्ध बीमा कम्पनीको स्वीकृत गाइडलाइन वा सो कम्पनीको मार्केटिङ विभागबाट प्रमाणित सामग्रीबाहेक आफैँले मनलाग्दी योजना बनाएर वा भिडियो बनाएर सार्वजनिक रुपमा बीमालेख बेच्न नपाउने व्यवस्था गर्नुपर्छ।

एआई र डिजिटल सामग्रीको जबाफदेहीता

सामग्रीको पहिचान यदि अभिकर्ताले एआई सिर्जित तस्बिर, भिडियो वा एआई एभाटार प्रयोग गरेर विज्ञापन गर्छन् भने त्यसमा एआईद्वारा निर्मित भनी स्पष्ट खुलाउनुपर्नेछ।

गलत विवरणको पूर्ण जिम्मेवारीः एआई टुल वा अनलाइन क्यालकुलेटर प्रयोग गरेर ग्राहकलाई देखाइएको गलत हिसाब वा भ्रामक दाबीको पूर्ण कानुनी र आर्थिक जिम्मेवारी सम्बन्धित अभिकर्ता स्वयंले लिनुपर्ने व्यवस्था हुनुपर्छ।

डिजिटल पहिचान र पारदर्शिता

डिजिटल इजाजतपत्र प्रदर्शनः हालको आचारसंहिताको दफा १.१ ले भौतिक रुपमा इजाजतपत्र साथमा राख्नुपर्ने व्यवस्था मात्र गरेको छ। डिजिटल प्रविधिको प्रयोगले व्यापकता पाइसकेको अहिलेको अवस्थामा अभिकर्ताले व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्ने सामाजिक सञ्जालको प्रोफाइलमा आफ्नो अभिकर्ता इजाजतपत्र नम्बर, कायम रहने अवधि र कार्यरत बीमा कम्पनीको नाम प्रस्ट रुपमा उल्लेख गर्नुपर्ने बनाइनुपर्छ।

यथार्थ विवरण मात्र राख्न पाउनेः हालको आचारसंहिताको दफा १.२ को भावनाअनुरुप सामाजिक सञ्जालमा अन्य प्रतिस्पर्धी कम्पनीलाई गालीगलौज गर्ने वा आफ्नो कम्पनीको अपुष्ट वित्तीय विवरण राख्ने कार्यलाई पूर्णतः निषेध गरिनुपर्छ।

अनुगमन, उजुरी र कारबाही

डिजिटल अनुगमन इकाइः बीमा प्राधिकरणभित्रै एउटा छुट्टै इकाइ गठन गरी सामाजिक सञ्जालमा भइरहेका बीमासम्बन्धी भ्रामक विज्ञापनहरुको बृहद् अनुगमन र जाँ गर्ने व्यवस्था मिलाउनुपर्छ।

इजाजतपत्र खारेजीसम्मको सजायः आचारसंहिताको दफा ३ (दण्ड सजाय) लाई थप कडा बनाउँदै डिजिटल माध्यमबाट सामूहिक रुपमा ग्राहक ठगी गरेको वा भ्रामक प्रचार गरेको प्रमाणित भएमा पहिलोपटकका लागि भारी जरिवाना र दोहोरिएमा अभिकर्ताको इजाजतपत्र नै खारेज गर्नेसम्मको कडा कानुनी प्रावधान समेट्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS