IME Life New

अधिक जीवन बीमा ल्याप्स हुने अभिकर्ताको इन्सेन्टिभ धमाधम कटौती गर्दै बीमक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीका लागि कार्यरत बीमा अभिकर्ताहरुमा व्यावसायिकताको विकास गर्ने उद्देश्यले गैरव्यावसायिक अभिकर्ताको प्रोत्साहन (इन्सेन्टिभ)बापतको सेवा सुविधा र रकम कटौती गर्न थालिएको छ।

बीमा नियमावली, २०८१ मा बीमा अभिकर्ताले बीमालेख बिक्रीवापत प्राप्त गर्ने कमिसनको अतिरिक्त थप प्रोत्साहन अर्थात् इन्सेन्टिभबापतको सुविधामा कैँची चलाउने प्रावधान छ। गत वर्ष चैत महिनामै यो नियमावली लागू भए पनि अभिकर्ताको दबाबपछि चालु आर्थिक वर्षमा मात्र कार्यान्वयनमा ल्याउन नेपाल बीमा प्राधिकरणले सहमति जनायो र अब यो पूर्ण रुपमा लागू हुँदैछ।

Esewa
Crest

नियमावलीको नियम ५१ उपनियम (३) मा बीमा अभिकर्ताको बीमालेख नवीकरण दरका आधारमा बीमकले इन्सेन्टिभ सुविधा निर्धारण गर्नुपर्ने प्रावधान छ। यो प्रावधानका कारण अभिकर्ताले चालू आर्थिक वर्ष २०८२।८३ यस वर्षदेखि भने उनीहरुको बीमालेख नवीकरण दरका आधारमा मात्र इन्सेन्टिभ सुविधा उपलब्ध गराउनेछन्। विगतमा जतिसुकै बीमालेख ल्याप्स अर्थात् व्यतित भए पनि पूराका पूरा इन्सेन्टिभ सुविधा उपभोग गर्दै आएका थिए। तर, नियमावलीको प्रावधान कार्यान्वयनसँगै यो परम्परामा ब्रेक लाग्नेछ।

बीमा नियमावलीको अनुसूची १० मा बीमा अभिकर्ताको कार्य गरेको दोस्रो वर्षदेखि नै इन्सेन्टिभ कट्टी गर्नुपर्ने प्रावधान छ। यो प्रावधानअन्तर्गत ३० प्रतिशतभन्दा कम नवीकरण दर भएमा ४० प्रतिशत, ३० देखि ३५ प्रतिशतसम्म भएमा ३० प्रतिशत, ४५ देखि ६० प्रतिशतसम्म २० प्रतिशत र ६० देखि ७५ प्रतिशत नवीकरण दर भएमा १० प्रतिशत इन्सेन्टिभ कट्टी गर्नुपर्ने प्रावधान छ।

जीवन बीमामा तीन तहको अभिकर्ता हुन्छन्। एउटा तेस्रो अर्थात् सबैभन्दा तल्लो तहमा रहने अभिकर्ता, यो तहमा नयाँ अभिकर्ता कोड लिएका र पुराना भए पनि आफूमातहत रहने गरी नयाँ अभिकर्ता सिर्जना नगरेका अभिकर्ता। त्यसपछि दोस्रो तह हुन्छ। जसमा ती अभिकर्ता मुनि अन्य अभिकर्ता सञ्जाल सक्रिय रहेको हुन्छ। र, अन्त्यमा पहिलो तह जहाँ आफ्नो मुनि दुई तह (दोस्रो र तेस्रो तह) का अभिकर्ता परिचालन गर्ने वरिष्ठ अभिकर्ता वा एजेन्सी म्यानेजर कार्यरत हुन्छन्।

तेस्रो तहको अभिकर्ताले आफैँले प्रत्यक्ष रुपमा बिक्री गरेको बीमालेखको प्रथम बीमाशुल्क र नवीकरण बीमाशुल्कमा कमिसन र इन्सेन्टिभ सुविधामात्र उपभोग गर्न पाउँछन्। दोस्रो तहको अभिकर्ताले आफूमुनि (तेस्रो तह)को अभिकर्ताले व्यवसायमा दिएको योगदानको ३ प्रतिशत नगद र त्यसभन्दा माथि रहने पहिलो तहको अभिकर्ता १ प्रतिशत नगद रकम इन्सेन्भिटबापत उपभोग गर्न पाउँछन्।

अब यसरी ३ तहमा अभिकर्ता सञ्जाल विस्तार गरेर थप प्रोत्साहन सुविधा उपभोग गरिरहेका पुराना र वरिष्ठ अभिकर्ताको अतिरिक्त प्रोत्साहनबापतको रकममा ठूलो कैँची चल्ने देखिएको छ।

नेपाल बीमा प्राधिकरणले अधिक कमिसन आम्दानीको लोभमा नयाँ बीमित खोज्दै जाने तर पुराना बीमितलाई वास्ता नगर्ने प्रवृत्तिमा अंकुश लगाउन बीमा नियमावलीको इन्सेन्टिभसम्बन्धी व्यवस्था प्रभावकारी हुने विश्वास गरेको छ। अभिकर्ताले पुराना बीमितको तुलनामा नयाँ बीमितबाट ल्याएको व्यवसायबापत अधिक कमिसन प्राप्त गर्ने भएकाले पुरानालाई खासै महत्व नदिने अधिकांश अभिकर्ताको प्रवृत्ति छ। तर, दीर्घकालीन रुपमा यो पेसा व्यवसाय गर्ने अभिकर्ताहरुले बिक्रीपछिको सेवालाई समेत उच्च प्राथमिकतामा राखेर पुराना बीमितसँग पनि निरन्तर सम्पर्कमा रहने र घरदैलोमै सकेसम्मको सेवा उपलब्ध गराउने गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS