IME Life New

बीमा प्राधिकरणद्वारा बीमा अनुसन्धान तथा तथ्याङ्क सम्बन्धी अन्तर्क्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज बीमा सम्बन्धी अनुसन्धान तथा तथ्याङ्क सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमकहरूबाट प्राप्त हुने दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक तथ्याङ्कहरूमा एकरूपता तथा गुणस्तर सुनिश्चित गर्ने, आइआरएमआइएसमा डाटा रिपोर्टिङमा गरिएका परिवर्तनका बारेमा जानकारी दिने र डाटा रिपोर्टिङमा देखिएका समस्याहरूका सम्बन्धमा छलफल गरी समाधानका उपायहरू पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

Esewa
Crest

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा सम्बन्धी अध्ययन एवम् अनुसन्धानमा तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने भएकाले तथ्याङ्कमा शुद्धता, एकरूपता र विश्वसनीयता कायम गर्नु आवश्यक भएको बताए ।

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पुष्पा कुँवरले बीमा सम्बन्धी तथ्याङ्क प्रणालीमा देखिएका समस्याहरूको समाधानका लागि सहकार्य गर्न र सहजीकरण गर्न प्राधिकरण तयार रहेको जानकारी दिइन् ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्माले प्राधिकरणबाट गरिएका बीमा सम्बन्धी अध्ययन तथा अनुसन्धानका क्रममा देखिएका समस्या, चुनौती र अवसरहरू सम्बन्धी प्रस्तुत गरेका थिए ।

सहायक निर्देशक शर्माले बीमा सम्बन्धी अनुसन्धानका लागि आवश्यक तथ्याङ्क समयमैं उपलब्ध हुनुपर्ने, तथ्याङ्कहरूमा एकरूपता कायम हुनुपर्ने, बीमकहरूले अनुसन्धानसँग सम्बन्धित सम्पर्क व्यक्ति तोक्नुपर्ने, अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने र अनुसन्धानका लागि स्रोत तथा साधन सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए ।

यसैगरी, नेपाल बीमा प्राधिकरणका तथ्याङ्कशास्त्री बसन्त प्रसाद बोहराले प्राधिकरणले बीमकहरूबाट सङ्कलन गर्ने तथ्याङ्का आधार तथा माध्यम, तथ्याङ्क सङ्कलन प्रणालीमा गरिएका परिवर्तन र बीमकले पेश गर्ने तथ्याङ्कमा प्राधिकरणको अपेक्षा लगायतका विषयमा प्रस्तुती दिएका थिए ।

कार्यक्रममा बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका तथ्याङ्क, अनुसन्धान र सूचना प्रविधि शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS