IME Life New

बीमक र पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी अन्तर्क्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज नेपाल राष्ट्र बैंकसँग बीमक तथा पुनर्बीकका लागि विदेशी मुद्रा सटही सिफारिश सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमा व्यवसायको विस्तारसँगै पुनर्बीमा, बीमा सम्बन्धी अन्तर्राष्ट्रिय कारोबार र विदेशी मुद्रामा हुने भुक्तानी सम्बन्धी कार्यहरूलाई थप व्यवस्थित, प्रभावकारी र सहज बनाउन सम्बद्ध निकायहरूबीचको सहकार्य एवम् नीतिगत समन्वय अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

Esewa
Crest

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा व्यवसायसँग सम्बन्धित विदेशी मुद्रा सटहीमा देखिएका प्राविधिक समस्याहरूलाई सम्बोधन गर्नका लागि नेपाल राष्ट्र बैंकसँग घनिभूत छलफल गरी त्यसको निष्कर्षका आधारमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ बनाउँदै लगिने बताए ।

कार्यकारी निर्देशक सुवेदीले बीमासँग सम्बन्धित विदेशी मुद्रा सहटीमा देखिएका कतिपय समस्याहरू सम्बोधनका लागि बीमा नियमावलीले बाटो खोलिदिएको उल्लेख गर्नुहुँदै ती विषयमा भने निर्देशिका मार्फत सम्बोधन गरिने जानकारी दिए ।

नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्था विभागका कार्यकारी निर्देशक डा. डिल्लिराम पोख्रेलले बीमा व्यवसायसँग सम्बन्धित विदेशी मुद्रामा हुने कारोबारलाई सहज, पारदर्शी, सुरक्षित र अन्तर्राष्ट्रियस्तरमा स्वीकारयोग्य बनाउन नेपाल बीमा प्राधिकरणसँग सहकार्य एवम् समन्वयका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यकारी निर्देशक डा. पोख्रेलले बीमा व्यवसाय सम्बन्धी विदेशी मुद्रा सटहीमा देखिएका समस्याहरूमध्ये तत्काल सम्बोधन गर्नुपर्ने विषयमा नेपाल बीमा प्राधिकरणसँग सुझाव लिएर अगाडि बढ्ने उल्लेख गर्दै यस सम्बन्धमा नीतिगत सामञ्जस्यता कायम गर्न समेत प्राधिकरणसँग सहकार्य गर्दै जाने जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमा व्यवसायसँग सम्बन्धित विदेशी मुद्रा सटहीमा देखिएका व्यवहारिक समस्याहरूका बारेमा छलफल गरी समाधान पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

नेपाल राष्ट्र बैंकका निर्देशक बुद्ध राज शर्माले बीमा व्यवसायको विस्तारसँगै आइपर्ने जोखिमहरूको न्यूनीकरणमा नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरणबीचको सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राम कोजूले बीमक र पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिश सम्बन्धी विद्यमान व्यवस्था र नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्था विभागका उपनिर्देशक यज्ञ श्रेष्ठले बीमा व्यवसायका लागि विदेशी मुद्रा सटही सम्बन्धी विद्यमान व्यवस्था सम्बन्धी प्रस्तुती गरे ।

कार्यक्रममा सहभागीहरूले बीमा व्यवसायमा हुँदै गएको विस्तारसँगै विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्दै जानुपर्ने लगायतका धारणा राखे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्था विभागका पदाधिकारी, नेपाल बीमक संघ र निर्जीवन बीमक संघ, नेपालका पदाधिकारी, विभिन्न बाणिज्य बैंकका प्रतिनिधि, बीमा कम्पनीका पुनर्बीमा विभागका प्रमुख र नेपालका पुनर्बीमा दलालहरू लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS