काठमाडौं । हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि)को कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मुकेश कुमार कपुरलाई मुकरर गरिएको छ।
कम्पनी सञ्चालक समितिको बैठकले कपुरलाई हिमालयन रिको कामु सीईओमा मुकरर गरिएको हो। उनी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्।
सरकारी वकिलको कार्यालयले धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम अदालतमा अभियोगपत्र दायर गरेसँगै हिमालयन रिकी सीईओ उपासना पौडेल स्वतः निलम्बनमा परेकी थिइन्। त्यसपछि हिमालयन रिमा सीईओ पद रिक्त रहेको छ।
कार्यालयले हिमालयन रिकी सीईओ पौडेलसहित बीमा क्षेत्रमा आबद्ध ८१ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।












