काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)मा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दामोदर भण्डारीलाई दिइएको छ।
कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले भण्डारीलाई आजैको समितिबाट लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी दिइएको हो। हाल उनी कम्पनीमा सहायक सीईओका रुपमा कार्यरत छन्।
जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरण मामिलामा विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेसँगै नेपाल रिका सीईओ सुरेन्द्र थापा स्वतः निलम्बनमा परेका छन्। कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २२ बमोजिम तथा मुलुकी फैजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दायर गरेको छ।
तत्कालीन सरकारले थापालाई २०८१ जेठको दोस्रो साता नेपाल रिको सीईओमा नियुक्त गरेको थियो।












