काठमाडौं । नेपालमा पुनर्बीमा सेवा प्रदान गरिरहेका विदेशी पुनर्बीमकहरूलाई आर्थिक वर्ष २०८३।८४ को लागि सूचीकृत हुनका लागि नेपाल बीमा प्राधिकरणले आह्वान गरेको छ।
प्राधिकरणले वेबसाइटमार्फत् सार्वजनिक सूचना प्रकाशन गर्दै बीमकको पुनर्बीमा निर्देशिका २०८० दफा १२ को व्यवस्था बमोजिम सूचीकृत हुनका लागि विदेशी पुनर्बीमकसँग आग्रह गरेको हो। दफा ११ मा विदेशी पुनर्बीमकहरू सूचीकृत हुनुपर्ने र दफा १२ मा सूचीकृत भएका पुनर्बीमकले सूचीकरण नविकरण गराउनुपर्ने प्रावधान छ। प्राधिकरणले सक्दो चाँडो सूचीकरण नविकरण गराउनका लागि विदेशी पुनर्बीमकसँग अनुरोध गरेको छ।
अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीबाट त्रिपल ए वा सो सरहको क्रेडिट रेटिङ प्राप्त नगरेका बीमकको हकमा मात्र सूचीकृत हुनुपर्ने प्रावधान लागू गरिएको छ। एएम वेष्ट, एसआइपी, मुडिज र फिच रेटिङबाट त्रिपल ए र एप्लस प्लस रेटिङ प्राप्त पुनर्बीमकको हकमा प्राधिकरणमा सूचीकरण हुनु पर्दैन ।
प्राधिकरणमा चालू आर्थिक वर्ष २०८२।८३ को लागि ८६ वटा ए वर्ग, ५ वटा बी वर्ग र ४ वटा अन्य वर्गका समेत कूल ९५ वटा विदेशी पुनर्बीमक सूचीकृत छन् ।












