IME Life New

कोशी प्रदेशस्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता मोरङ्ग उद्योग व्यापार संघको हलमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा प्रश्नोत्तर सत्रको सहजीकरण क्विज मास्टर मनोज तिवारीले गरेका थिए । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले बीमा क्षेत्रसँग सम्बन्धित विविध विषयमा आफ्नो ज्ञान र क्षमता प्रस्तुत गरेका थिए ।

प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न प्रतियोगितामा मेरिल्याण्ड माध्यमिक विद्यालयका हर्ष सिंह , सुरज पासवान , सम्भव भटटराई सहितको टिम प्रथम हुन सफल भयो भने शिक्षादीप बोर्डिङ स्कुलका केशव झा , विशेष पौडेल,अलिसा सापकोटाको टिमले द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।

Esewa
Crest

त्यसैगरी श्री पोखरिया माध्यमिक विद्यालयका कृष खतिवडा , अनुकुल आचार्य , प्रज्वल आचार्य तृतीय स्थानमा हासिल गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रीति देवले बीमाप्रतिको जनचेतना विस्तार गर्न विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताइन्। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा बीमाको महत्वबारे ज्ञान वृद्धि गर्ने विश्वास व्यक्त गरिन् । उनले बीमाको विषयमा आगामी दिनमा समेत विद्यालय स्तरमा विविध कार्यक्रम गरिने जानकारी दिइन् ।

प्रतियोगिताका विजेता लाई प्रथम पुरस्कार प्रमाणपत्र र नगद २० हजार ,दोश्रो लाई प्रमाणपत्र र नगद १५ हजार तेस्रो लाई प्रमाणपत्र र नगद १० हजार तथा सहभागी विद्यालयहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजकले आगामी दिनमा पनि बीमा शिक्षालाई विद्यालयस्तरमै विस्तार गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।

बीमा सम्बन्धी ज्ञान, चेतना तथा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा कोशी प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय, विराट क्याम्पस विराटनगर, शिक्षादीप बोर्डिङ स्कुल, सिटी माध्यमिक विद्यालय, मेरिल्याण्ड माध्यमिक विद्यालय तथा सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय गरी ६ वटा टोली सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS