IME Life New

ब्रिटिश ब्राण्ड र विश्वासको प्रतीक ‘गुडम्यान्स’ अब नेपाली बजारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चौधरी ग्रुप अर्न्तगत सि जी इलेक्ट्रोनिक्सले बेलायती ब्राण्ड गुडम्यान्स भित्राएको छ । सन् १९२३ देखि अडियो तथा इलेक्ट्रोनिक्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको बेलायती ब्राण्ड गुडम्यान्स (Goodmans) अब नेपाली उपभोक्तामाझ आधुनिक तथा गुणस्तरीय इलेक्ट्रोनिक्स उत्पादनसहित उपस्थित भएको छ।

गुडम्यान्सले सुरुवात अडियो स्पिकर उत्पादनबाट गरेको भए पनि आज यो विश्वव्यापी रूपमा विभिन्न इलेक्ट्रोनिक्स तथा होम अप्लायन्स उत्पादनहरूको विश्वासिलो ब्राण्डको रूपमा स्थापित भइसकेको छ। उच्च गुणस्तर, आकर्षक डिजाइन र किफायती मूल्यलाई प्राथमिकता दिँदै आएको गुडम्यान्सले विश्वका विभिन्न देशहरूमा आफ्नो सफल उपस्थिति विस्तार गरिसकेको छ।

Esewa
Crest

ब्राण्डले हाल राइस कुकर, केटल, आइरन, ब्लेन्डर तथा जुसर एक्सट्राक्टर, स्टिक ब्लेन्डर तथा ह्यान्ड मिक्चर, कफि, टोस्टर तथा स्याडविच मेकर, पर्सनल केयर र अडियो जस्ता उपकरण लगायतका विविध उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ। आधुनिक जीवनशैलीलाई सहज, स्मार्ट र सुविधाजनक बनाउने उद्देश्यसहित गुडम्यान्सले नयाँ प्रविधिमा आधारित उत्पादनहरू विकास गर्दै आएको जनाएको छ।

गुडम्यान्सले आफ्ना उत्पादनमार्फत उपभोक्तालाई गुणस्तरीय अनुभव प्रदान गर्नुका साथै दीर्घकालीन विश्वास निर्माण गर्ने लक्ष्य राखेको छ। नेपाली बजारमा पनि अन्तर्राष्ट्रिय स्तरको प्रविधि तथा उत्कृष्ट सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

विश्व बजारमा स्थापित ब्राण्डको रूपमा रहेको गुडम्यान्सले नेपाली उपभोक्ताको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै नवीनतम प्रविधियुक्त तथा उपयोगी उत्पादनहरू निरन्तर बजारमा ल्याउने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS