IME Life New

विश्वकप फुटबलको सामूहिक प्रत्यक्ष प्रसारण गर्न पूर्व स्वीकृति अनिवार्य, उल्लंघन गरे कारवाही हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौँ जिल्लाभित्र फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार साँझ सार्वजनिक सूचना जारी गर्दै पूर्वस्वीकृति बिना रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा नगर्न सचेत गराएको हो।

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिनाथ रिजालद्वारा जारी सूचना अनुसार, जेठ २९ गतेदेखि सुरु हुने फिफा विश्वकप २०२६ का खेलहरू सामूहिक रूपमा प्रदर्शन गर्न चाहने जुनसुकै संघ, संस्था वा कम्पनीले प्रशासनबाट पूर्वअनुमति लिनु पर्नेछ।

Esewa
Crest

सूचनामा लेखिएको छ, “स्वीकृति विना रातिको समयमा ठुलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा गरी समुदायमा असर पर्ने एवम् शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न/नगराउन सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ।”

प्रत्यक्ष प्रसारणको स्वीकृतिका लागि निर्धारित निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालय काठमाडौँको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। निवेदनमा उल्लेखित शर्तहरूको अधीनमा रही, सम्बन्धित संघ/संस्था रहेको स्थान तथा सुरक्षा संवेदनशीलताको विश्लेषण गरेर मात्रै प्रशासनले अनुमति दिने जनाएको छ।

प्रशासनको सूचनालाई अवज्ञा गरी स्वीकृति बिना रातिको समयमा प्रत्यक्ष प्रसारण गरेको, भीडभाड गरेको वा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी क्रियाकलाप गरेको पाइएमा तत्काल प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS