काठमाडौं । आज नेप्से परिसूचक २२ दशमलव २१ अंकले बढेर २,७७७ को विन्दुमा कायम भएको छ । आज १८४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले १३ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले १० दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् ।













