काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षा कोषलाई प्रभावकारी रूपमा परिचालन गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
यस कोषलाई चक्रिय कोषको रूपमा स्थापित गरिने बताएको छ । संकटग्रस्त सहकारीका बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रियालाई प्राथमिकतामा राख्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गरेको सरकारले घोषणा गरेको हो । सहकारी क्षेत्रको शुद्धीकरण र बचतकर्ताको सुरक्षाको योजना ल्याएको बताएका छन् ।












