IME Life New

एफपिओ निष्कासनका लागि धितोपत्र बोर्ड पुग्यो नेपाल बैंक, २८० रुपैयाँमा स्वीकृति गर्ला बोर्डले..?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपालकै पहिलो बैंक ‘नेपाल बैंक’ले एफपिओ निष्कासनकालागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले एक करोड ७६ लाख ८४ हजार आठ सय ५८ कित्ता एफपिओ निष्कासनकालागि बोर्डमा निवेदन दिएको हो।

बैंकको पछिल्लो समय बसेको संचालक समिति बैठकले आधार मुल्य (फेसभ्यालु) प्रतिकित्ता एक सय रुपैयाँमा एक सय ८० रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता दुई सय ८० रुपैयाँमा एफपिओ निष्कासन गर्ने प्रस्ताव पास गरेको थियो।

Esewa
Crest

बैंकको एफपिओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ।बैंक संचालक समितिले प्रस्ताव गरेको प्रिमियम मूल्य धितोपत्र बोर्डबाट स्वीकृत हुन भने बाँकी छ।

बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ जसमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर स्वामित्व छ। एफपिओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२ बाट घटेर ५१ प्रतिशतमा आउने छ।

एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्ने छ। प्रिमियममा आएको रकम जगेडा कोषमा बस्ने छ। हाल बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा, प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS