काठमाडौं । अमेरिकाले इरानमाथि पुनः आक्रमण गरेपछि कच्चा तेलको मूल्यमा उछाल आएको छ।
अमेरिकाले इरानको रणनीतिक बन्दगाह रहेको बन्दर अब्बासस्थित सैन्य अड्डामा आक्रमण को हो। अमेरिकाको केन्द्रीय कमान्डले अमेरिकी सैनिकले इरानको ४ वटा ड्रोन खसालेको दाबी पनि गरेको छ। ती ड्रोन स्ट्रेट अफ होर्मुजमा आतंक सिर्जना गर्न परिचालन गरिएको अमेरिकाको भनाइ छ।
अमेरिकी आक्रमणसँगै विश्व बजारमा बेन्चमार्क कच्च तेलको भाउ ३.७५ प्रतिशतले बढेर प्रतिब्यारेल ९७.८३ डलरमा कारोबार भइरहेको छ भने डब्ल्यूटीआई ४ प्रतिशतले बढेर ९२.२२ डलरमा कारोबार भइरहेको छ।
यो नयाँ आक्रमण युद्धविरामयता वासिङ्टन र तेहरानबीच ३ महिना लामो युद्धको अन्त्यका लागि वार्ता हुन लागेको भन्ने खबरका बीच भएको हो। जसका कारण तेलको मूल्य बढ्ने चिन्ता विश्वभर बढेको छ। –एजेन्सी












