काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँगको जारी द्वन्द्व चाँडै अन्त्य हुने आशा व्यक्त गरेका छन्। यद्यपि, उनले त्यसो नभए सबै पक्षलाई घाटा हुने बताएका छन्।
बीबीसी फारसीका अनुसार पत्रकारहरुसँग कुरा गर्दै भ्लादिमिर पुटिनले भने, ‘यो एकदमै जटिल द्वन्द्व हो र यसले हामीलाई कठिन परिस्थितिमा पारेको छ, किनकि हाम्रो इरान र फारसी खाडी देशहरुसँग मैत्रीपूर्ण सम्बन्ध छ।’
इरान र अमेरिकासँग जारी वार्तालाई उल्लेख गर्दै पुटिनले भने, ‘मेरो विचारमा कुनै पनि पक्ष यो द्वन्द्व बढाउन इच्छुक छैन।’
हालै इरानी विदेशमन्त्री अब्बास अराघचीले पनि रुस भ्रमणको क्रममा राष्ट्रपति पुटिनसँग भेट गरेका थिए। रुसले यसअघि सवै पक्षलाई शान्ति स्थापना गर्न अपिल गरिसकेको छ।
रुसले इरान र अमेरिकाबीच मध्यस्थता गर्न तयार रहेको पनि जनाएको छ। –एजेन्सी












