काठमाडौं । अमेरिका र इरानबीच बढ्दो तनावका कारण शुक्रबार बिहान एसियामा कच्चा तेलको मूल्य फेरि उछाल आएको छ।
विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रतिब्यारेल २.६ प्रतिशतले बढेर १०२.७० डलर पुगेको छ। जब कि अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशतले बढेर ९७ डलर पुगेको छ।
अमेरिका र इरानबीच होर्मुजमा फेरि गोलीबारी भएको छ। त्यसपछि अमेरिकी सेनाले इरानको ‘अप्रत्याशित’ आक्रमण रोक्नका लागि बदला लिने जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘जुन ३ वटा अमेरिकी जहाजहरु आक्रमण भयो, तिनीहरु डेस्ट्रोयर थिए। यसले गर्दा होर्मुजलाई कुनै क्षति भएन। प्रतिशोधात्मक आक्रमणमा धेरै इरानी साना डुंगाहरू पूर्ण रूपमा नष्ट भए र अमेरिकी जहाजहरुलाई लक्षित गर्ने मिसाइलहरु सजिलै खसालियो।’
अर्कोतर्फ इरानी सेनाले अमेरिकालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।
पछिल्ला केही हप्तादेखि इरान र अमेरिकाबीच युद्धविराम भएको थियो। तर, यी आक्रमणपछि दुई देशबीच युद्ध बढ्ने सम्भावना फेरि एक पटक बढेको छ। –एजेन्सी












