काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङमा जलनबाट पीडितका लागि निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ।
प्रतिष्ठानमा यही बैशाख २५ देखि २८ गतेसम्म शिविर सञ्चालन गरिने बैंकले जानकारी दिएको छ। यो शिविर नबिल बैंक लिमिटेड, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुष्मा कोइराला मेमोरियल अस्पतालले संयुक्त रूपमा आयोजना गरेको हो।
बैंकका अनुसार, शिविरमा जाँच गराउन आउने बिरामीहरूमध्ये आगोले वा अन्य कुनै प्रज्वलनशिल वस्तुले पोलेपछिको संकुचनबाट पीडित र शल्यकृया आवश्यक पर्ने व्यक्तिहरूले नि:शुल्क शल्यकृया उपचार प्राप्त गर्नेछन् ।
बैंकले शिविरबाट धेरैभन्दा धेरै मानिसमा लाभ पुर्याउनका लागि आफ्नो छरछिमेका रहेकाहरूलाई समेत शिविरबारे जानकारी गराएर सहयोग गर्न आह्वान गरेको छ।












