काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले अध्यादेशमार्फत् यसअघिका सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्रालय अन्तर्गतका ९ संस्थाका ३६ पदाधिकारी कार्यकाल पुरा नहुँदै घर फर्किन बाध्य भएका छन्।
मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार,राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश प्रसाद आचार्य, आयुक्तद्वय दुर्गा भण्डारी पाैडेल र गगन विष्ट पदमुक्त भएका छन्।
यसैगरी चुनावी सरकारका पालामा सञ्चारमन्त्री रहेका जगदीश खरेलले नियमविपरित तलब सुविधा समेत तोकेर नियुक्ति दिएका गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द प्रसाद भण्डारी(अखण्ड) पनि ४ वर्षे कार्यकालको नियुक्ति पाएकोमा तीन महिना पनि नबित्दै पदमुक्त भएका छन्।
सञ्चार मन्त्रालयका अनुसार, प्रेस काउन्सिल नेपालका अध्यक्षा डा. कुमार शर्मा आचार्य सहितका पदाधिकारी, नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी सहितका पदाधिकारी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँ सहितका पदाधिकारी, सुरक्षण मुद्रण केन्द्रका सदस्य आदित्य न्याैपाने र कार्यकारी निर्देशक देवराज ढुङ्गाना, सार्वजनिक सेवा प्रशारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, चलचित्र जाँच समिति सदस्य सम्पन्न श्रेष्ठ, न्यूनत्तम पारिश्रमिक निर्धारण समिति अध्यक्ष संगिता खड्का सहितका पदाधिकारी समेत पदमुक्त भएका छन् ।












