काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको रिक्त रहेको महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, आवेदन दिने अन्तिम मितिसम्म कुल २१ जना इच्छुक उम्मेदवारहरूको नामावली दर्ता भएको हो।
मन्त्रालयले वैशाख १२ गते सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको थियो। आवेदन दर्ता गर्ने अन्तिम समय सीमा वैशाख २१ गते कार्यालय समयभित्र तोकिएको थियो।
आवेदन दिनेहरुमा पूर्व प्रशासकदेखि लिएर प्राधिकरणको बहालवाला कर्मचारीसम्म छन् ।
मन्त्रालयद्वारा सार्वजनिक गरिएको नामावलीमा विभिन्न जिल्लाका अनुभवी र दक्ष व्यक्तिहरूले आवेदन दिएका छन्। आवेदकहरूमा प्रभाकर चन्द्र मल्लिक, उत्सव राज खरेल, श्याम किशोर साह, प्रमोद कुमार चौधरी, मुरारी प्रसाद पौडेल, जसोदा सुवेदी (रेग्मी),। लगायत छन् । यसैगरी लव राज जोशी, जगन्नाथ निरौला, प्रेमनाथ ठाकुर, डा. त्रिलोचन पौडेल, देवेन्द्र प्रसाद पाण्डेय , टेक नाथ सिटौला, अर्जुन बस्नेत, लक्ष्मी प्रसाद उपाध्याय, उमेश कुमार पन्थी, ई. दिपेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र भुल, मुकेश डंगोल, संजय कुमार भगत लगायत छन्।
मन्त्रालयद्वारा प्रकाशित विज्ञप्ति अनुसार, अब प्राप्त आवेदनहरूको मूल्यांकन गरी छनौट प्रक्रिया अगाडि बढाइनेछ। प्राधिकरणको नेतृत्वका लागि हुन लागेको यस प्रतिस्पर्धालाई नागरिक उड्डयन क्षेत्रमा निकै चासोका साथ हेरिएको छ।












