IME Life New

अभिकर्तालाई पनि लाग्ने भयो कुलिङ पिरियड, कम्तीमा १ वर्ष बीमा कम्पनी फेर्न नपाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताका लागि पनि कुलिङ पिरियड अर्थात् विश्राम अवधि लागू गरेको छ।

अभिकर्ताले आफू कार्यरत बीमा कम्पनी छोडेर अर्को कुनै बीमा कम्पनीका लागि काम सुरु गरेको १ वर्षसम्म पुनः अर्को बीमकको लागि काम गर्न पाउने छैन।

Esewa
Crest

एकपटक बीमक परिवर्तन अर्थात् एउटा बीमा कम्पनी छोडेर अर्को कुनै बीमा कम्पनीको अभिकर्ताको हैसियतमा काम गर्न थालेको १ वर्ष पूरा नहुँदै पुनः अर्को बीमक परिवर्तनका लागि अभिकर्ताले आवेदन दिन पाउने छैनन्।

अभिकर्ताले बीमक परिवर्तन गर्नका लागि पूरा गर्नुपर्ने प्रक्रिया र कागज प्रमाणका सम्बन्धमा भने बीमा प्राधिकरणले केही लचकता अपनाएको छ। आफू कार्यरत बीमक छोडेर अर्को कुनै बीमा कम्पनीमा जाँदा अब बीमकको सहमति पत्र आवश्यक पर्ने छैन।

निर्देशनको दफा १७ बमोजिम अभिकर्ताले बीमक परिवर्तनका लागि सम्बन्धित अभिकर्ताको इजाजतपत्र, अभिकर्ता हुन चाहेको बीमकबाट तालिम लिएको प्रमाणपत्र, इजाजतपत्र शुल्क र नियमन शुल्क भुक्तानी गरेको प्रमाणपत्रमात्र पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS