काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन मोबाइल एप्लिकेसन विकास गर्न योग्य इच्छुक संस्थाहरूबाट सिलबन्दी बोलपत्र आह्वान गरेको छ।
आवेदन दिने कम्पनी कम्तीमा ५ वर्षदेखि सञ्चालनमा रहेको, पछिल्लो ३ आर्थिक वर्षमा वार्षिक कारोबार न्यूनतम १ करोड रुपैयाँ भएको र कम्तीमा एउटा नेपाली जीवन बीमकका लागि मोबाइल एप बनाएको अनुभव हुनुपर्नेछ।
इच्छुक कम्पनीहरूले वैशाख २५ गते कार्यालय समयभित्र काठमाडौँको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बोलपत्र दर्ता गर्नुपर्नेछ। सूचनामा प्राविधिक बोलपत्र वैशाख २८ गते दिउँसो ३ बजे खोलिने उल्लेखछ।
आवेदकले कुल बोलपत्र रकमको २.५ प्रतिशत बराबरको बैंक ग्यारेन्टी समेत पेश गर्नुपर्नेछ।
थप जानकारीका लागि कम्पनीको केन्द्रीय कार्यालय, कमलादीमा सम्पर्क गर्न वा आधिकारिक वेबसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ।












