IME Life New

बीमा अभिकर्ताका लागि आचारसंहिता लागू, अब के-के गर्न हुन्छ/हुँदैन ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा अभिकर्ताका लागि नयाँ आचारसंहिता लागू भएको छ।

नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्तासम्बन्धी निर्देशन, २०८३ जारी गर्दै नयाँ आचारसंहित लागू गरेको हो। नयाँ आचारसंहितमा बीमा अभिकर्ताले के–के गर्न मिल्छ र मिल्दैन भन्ने प्रस्ट रुपमा व्यवस्था गरिएको छ।

Esewa
Crest

आचारसंहिताअनुसार अब अभिकर्ताले आफूले प्राप्त गरेको इजाजतपत्र सधैँ साथमा राख्नुपर्नेछ। बीमक र बीमितले चाहेको बेलामा आफ्नो इजाजतपत्र अभिकर्ताले देखाउनुपर्नेछ।

यसैगरी अभिकर्ताले आफ्नो बीमकको यथार्थ विवरण जानकारी गराउनुपर्नेछ। बीमालेखमा उल्लेखित सर्त, विवरण, सीमा, अपवाद र दाबी प्रक्रियाका बारेमा अभिकर्ताले बीमितलाई बुझ्ने भाषामा बुझाउनुपर्नेछ।

बीमा अभिकर्ताले अस्वस्थ प्रतिस्पर्धा र बीमितलाई प्रलोभनमा पार्ने कार्य गर्न नहुने व्यवस्था आचारसंहितामा तोकिएको छ। बिना इजाजत तथा नवीकरण नगरी बीमालेखको प्रस्ताव गर्न नपाउने प्रावधान पनि आचारसंहितामा तोकिएको छ।

बीमा अभिकर्तालाई ग्राहकका बारेमा आफूले प्राप्त गरेको जानकारी आफ्नो बीमकबाहेक अन्यलाई जानकारी गराउन रोक लगाइएको छ। ग्राहकप्रति दुव्र्यवहार गर्न, अनावश्यक करकाप गर्न वा बीमितको इच्छाविपरीत अनावश्यक रुपमा बीमालेख परिवर्तन गर्न प्रोत्साहन गर्ने कार्यमा पनि बन्देज लगाइएको छ।

बीमा अभिकर्ताले के गर्न मिल्छ/मिल्दैन ?

code of conduct

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS