काठमाडौं । अमेरिका र इरान वार्तामा ढिलाइ हुँदा कच्चा तेलको मूल्य फेरि आकाशिएको छ।
अमेरिका र इरानबीच दोस्रो चरणको वार्ताका लागि छलफल भइरहेको छ। तर, वार्ताको मिति तय भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ।
बजारमा ब्रेन्च कच्चा तेलको भाउ आज २ प्रतिशतले बढेर प्रतिब्यारल १०७.२६ डलर पुगेको छ। डब्ल्यूटीओको भाउ पनि १ प्रतिशतले बढेर प्रतिब्यारल ९५.४० डलर पुगेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पाकिस्तानमा इरानी प्रतिनिधिसँग हुने भनिएको वार्तामा आफ्नो प्रतिनिधि पठाउने योजना रद्द भएको बताएका थिए। योसँगै कच्चा तेलको मूल्य फेरि उकालो लागेको हो।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि वैश्विक ऊर्जा आपूर्ति सिर्जनामा व्यापक असर गरिरहेको छ। तेल ढुवानी हुने महत्वपूर्ण समुद्रीमार्गमध्येको एक होर्मुज स्ट्रेट इरानले बन्द गरेको छ।
उता अमेरिकाले इरानका महत्वपूर्ण नाकाहरुमा नाकाबन्दी गरेको छ। –एजेन्सी












