IME Life New

बजेट: स्वास्थ्य विमा मुलुकभरी विस्तार गरिने, ७० वर्ष नाघेका वृद्धवृद्धाको १ लाख रुपैयाँको स्वास्थ्य विमा शुल्क सरकारले नै तिर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: ‘स्वास्थ्य बीमा कार्यक्रम’लाई आगामी वर्ष मुलुकभरी विस्तार गरिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दैछन्।  ‘स्वास्थ्य बीमा कार्यक्रम’लाई आगामी वर्ष मुलुकभरी विस्तार गरिने प्राथमिकतामा परेको छ।

वृद्ध भएका बाबुआमालाई छोराछोरीले अनिवार्यरुपमा पाल्नुपर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिए ।

Esewa
Crest

त्यसैगरी, ७० वर्ष नाघेका वृद्धवृद्धाको १ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था मिलाएको र त्यसका लागि तिर्नुपर्ने बीमाशुल्क सरकारले नै तिरिदिने खतिवडाले जानकारी दिए । साथै सरकार ले नयाँ बजेटमार्फत पत्रकार दुर्घटना विमाका लागि अनुदान, एक वर्षभित्र सबै नेपालीको बै‌क खाताको नीति ल्याइएको छ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहनेे पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ४२५ रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ ।

बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।

स्वास्थ्य बीमा गरेमा के कस्तो सेवा सुविधा पाइन्छ ?

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गनर्ेे कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।

तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS