IME Life New

कम्पनी रजिष्ट्रारले सञ्चालनमा ल्यायो कृत्रिम बुद्धिमत्तामा आधारित कल सेन्टर

SPIL
Office of the Company Registrar
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  कम्पनी रजिष्ट्रारको कार्यालयले सेवाग्राहीको सुविधाका लागि आर्टिफिसियल इन्टेलिजेन्समा आधारित कल सेन्टर सञ्चालनमा ल्याएको छ।

​कार्यालयले बुधबार एक सूचना जारी गर्दै प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई कार्यालयका सेवा र प्रक्रियाबारे द्रुत जानकारी दिन यो सेवा सुरु गरिएको जनाएको हो।

Esewa
Crest

​यो कल सेन्टर सेवा दिनको २४सै घण्टा र हप्ताको सातै दिन उपलब्ध रहनेछ। कल सेन्टरमार्फत कम्पनी प्रशासन, कार्यालयले प्रदान गर्ने सेवाहरू, सेवा प्राप्त गर्ने प्रक्रिया, आवश्यक कागजातहरू र कार्यालयका कर्मचारीहरूको ‘एक्स्टेन्सन’ नम्बर समेत प्राप्त गर्न सकिनेछ।कम्पनी दर्ता गर्नुअघि र दर्ता भइसकेपछिका विभिन्न प्रक्रियागत कार्यहरूमा यसले सेवाग्राहीलाई मार्गदर्शन गर्नेछ।

​सेवाग्राहीले कम्पनी प्रशासनसँग सम्बन्धित आफ्ना जिज्ञासा वा समस्याका लागि ९७००००४४१४ मा फोन गरी जानकारी प्राप्त गर्न सक्नेछन्।

​कार्यालयका अनुसार, यो प्रणालीलाई क्रमशः थप ‘डाटा’ र ज्ञानहरू समावेश गर्दै अझ परिष्कृत र प्रभावकारी बनाइँदै लगिनेछ। सरकारी सेवालाई प्रविधिमैत्री बनाउने र बिचौलियाको झन्झट बिना सेवाग्राहीले घरबाटै सूचना पाउने वातावरण निर्माण गर्न यो कदम चालिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS