IME Life New

हिमालयन रिको सञ्चालक समिति पुनर्गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन गरिएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले ४ जना सञ्चालकको राजीनामा स्वीकृत र २ जना नयाँ सञ्चालकको नियुक्त गर्दै सञ्चालक समितिको पुनर्गठन गरेको हो। बैठकले सञ्चालक समितिमा शेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने सञ्चालक अमित मोर तथा शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने सञ्चालकद्वय राजीव मोर र शुभेच्छा खरेल र स्वतन्त्र सञ्चालकबाट शुभाषकुमार झुनझुनवालाको राजीनामा स्वीकृत गरेको छ।

Esewa
Crest

यसैगरी बैठकले नयाँ सञ्चालकमा शेयरधनी समूह ‘क’ कालिका फिन्कोर्पबाट दिपककुमार मिश्र र स्वतन्त्र सञ्चालकमा आशीषचन्द्र न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ। दुवैको नियुक्ति आगामी वार्षिक साधारणसभासम्मका लागि लागू हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS