IME Life New

हिमालयन रियल्टर्सलाई घरजग्गा ब्रोकर र राष्ट्रव्यापी ‘भू-सेवा’ अनुमतिः कारोबार अब पूर्णतः डिजिटल र पारदर्शी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरजग्गा व्यवसायलाई मर्यादित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ क्रियाशील हिमालयन रियल्टर्सले ‘रियल इस्टेट ब्रोकर’ र भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट राष्ट्रव्यापी ‘भूसेवा’ सञ्चालनको पूर्ण इजाजतपत्र प्राप्त गरेको छ।

विगतमा प्रशासनिक जटिलता र प्रत्येक मालपोत कार्यालयबाट छुट्टाछुट्टै अनुमति लिनुपर्ने झन्झटका कारण एकीकृत सेवा प्रवाहमा केही अवरोध सिर्जना भए पनि विभागले उपलब्ध गराएको यो राष्ट्रव्यापी अनुमतिसँगै अब देशभरका जुनसुकै स्थानका घरजग्गा कारोबारलाई एकै स्थानबाट सहजीकरण गर्ने मार्गप्रशस्त भएको छ। कम्पनीले यी अनुमतिहरुका माध्यमबाट आफ्ना ग्राहकलाई अत्याधुनिक डिजिटल प्रणालीमार्फत एकीकृत र एकद्वार सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

Esewa
Crest

वर्तमान कानुनी व्यवस्था अनुसार सरकारले हालका लागि यो सेवा महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्रका ३ करोड रुपैयाँभन्दा माथिका संस्थागत कारोबारमा मात्र सीमित गरेको छ। यद्यपि, हिमालयन रियल्टर्सले निकट भविष्यमै यसको क्षेत्राधिकार विस्तार भई नगरपालिका क्षेत्रहरु, ३ करोडभन्दा कमका कारोबारहरु र व्यक्तिगत खरिद–बिक्रीलाई समेत यसै प्रणालीमा समेटिने दृढ विश्वास लिएको छ। यस विस्तारले नेपालको विशाल घरजग्गा बजारलाई अझ बढी व्यवस्थित र सुलभ बनाउनेछ।

कम्पनीले यस सेवाको मुख्य उद्देश्य घरजग्गा प्रशासन र कारोबारमा रहेका विद्यमान जोखिमलाई न्यूनीकरण गर्दै पूर्ण सुरक्षा प्रदान गर्नु रहेको जनाएको छ।सरकारले घरजग्गा क्षेत्रलाई पनि शेयर बजार जस्तै पूर्णतः ‘नन फेस–टु–फेस’ (अप्रत्यक्ष उपस्थिति) र पूर्ण रुपमा बैंकिङ प्रणालीमा आधारित बनाउने जुन दीर्घकालीन लक्ष्य राखेको छ र त्यसलाई साकार पार्न हिमालयन रियल्टर्सले अग्रणी भूमिका खेल्नेछ।

कम्पनीले यस नयाँ सुरुआतसँगै आफ्ना सम्मानित ग्राहकलाई छिट्टै सुरक्षित, आधुनिक र विश्वसनीय घरजग्गा सेवा प्रदान गर्न पूर्ण रुपमा तयार रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS