IME Life New

डोनाल्ड ट्रम्पको नाकाबन्दी तोडियो ? अमेरिकाको धम्कीका बाबजुद चिनियाँ ट्यांकरले पार गर्यो होर्मुज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इरानसँगको तनावको बीचमा डोनाल्ड ट्रम्पले होर्मुजमा अमेरिकी नाकाबन्दीको प्रशंसा गरिरहेका छन्। यद्यपि, यो नाकाबन्दी कमजोर हुँदै गएको देखिन्छ।

ढुवानी तथ्यांकले देखाउँछ कि अमेरिकाको नाकाबन्दीका बाबजुद मंगलबार होर्मुज समुद्रीमार्गबाट एउटा चिनियाँ ट्यांकर गुज्रिएको छ। मारिन ट्राफिक र केप्लरको तथ्यांकले देखाउँछ कि चिनियाँ ट्यांकर रिच स्टारी नाकाबन्दी सुरु भएदेखि नै होर्मुज पार गर्ने र खाडीबाट बाहिर निस्कने पहिलो जहाज हुनेछ।

Esewa
Crest

उक्त ट्यांकर र त्यसको मालिक सांघाई जुआनरुन सिपिङ कम्पनीलाई अमेरिकाले इरानसँग व्यापार गरेकोमा प्रतिबन्ध लगाएको थियो। द रिच स्टारी एउटा मध्यम आकारको ट्यांकर हो। जसले लगभग २ लाख ५० हजार मिथेनोल बोक्छ। तथ्यांकले देखाउँछ कि यसले संयुक्त अरब इमिरेट्स (यूएई)को हम्रियाह बन्दरगाहमा आफ्नो कार्गो लोड गरेको थियो। चिनियाँ स्वामित्वको ट्यांकरले चिनियाँ चालक दलका सदस्यहरु बोकेको छ।

अन्य तथ्यांकअनुसार अमेरिकाले प्रतिबन्ध लगाएको दोस्रो ट्यांकर मुरलिकिसान पनि मंगलबार हर्मुजमा प्रवेश गरेको छ। यो खाली ट्यांकरले अप्रिल १६ मा इराकमा तेल लोड गर्ने अपेक्षा गरिएको छ। पहिले एमकेए भनेर चिनिने उक्त जहाजले रुसी र इरानी तेल बोकेको थियो।

अमेरिकी सेनाले सोमबार आधिकारिक रुपमा इरानी बन्दरगाहहरुको नाकाबन्दी सुरु गरेको छ। यसले तेहरानलाई आक्रोशित बनाएको छ। नाकाबन्दीले हर्मुजका बारेमा अनिश्चितता बढाएको छ। यद्यपि, युद्ध कहिले समाप्त हुन्छ भन्ने कुरा अझै स्पष्ट छैन। जस कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरको आसपास रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS