IME Life New

सिमराको पाँचतारे होटल इच्छाको व्यवस्थापनको जिम्मा ‘लेमन ट्री’लाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाराको सिमरास्थित पाँचतारे होटल इच्छाको व्यवस्थापन चर्चित अन्तर्राष्ट्रिय होटल चेन लेमन ट्री गर्ने भएको छ। होटल इच्छा र भारतको प्रख्यात लेमन ट्री होटलबीच व्यवस्थापन हस्तान्तरणसम्बन्धी सम्झौता भएको हो।

लेमन ट्रीले नेपालमा व्यवस्थापन गर्ने यो तेस्रो होटल हो। काठमाडौंमा होटल र चितवनमा लेमन ट्रीले रिसोर्ट सञ्चालन गर्दै आएको छ। विराटनगरमा लेमन ट्रीको पाँचतारे होटल सञ्चालनको तयारीमा छ। विराटनगरको भृकुटी चोकमा निर्माण गरिएको होटल वैशाखमा उद्घाटन गर्ने तयारी छ।

Esewa
Crest

भारतको नयाँ दिल्लीस्थित लेमन ट्रीको मुख्यालय भएको सम्झौतापत्रमा होटल इच्छाका प्रबन्ध निर्देशक मुनसन वाग्ले र लेमन ट्रीका प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा होटल इच्छाका सञ्चालक समिति सदस्य गोकर्ण खतिवडा तथा प्रमुख कार्यकारी अधिकृत रेवन्तप्रसाद धौवडेलको उपस्थिति थियो।

सम्झौतापछि अब होटल इच्छा लेमन ट्री होटलको ब्रान्ड नाममा सञ्चालन हुनेछ। यो सम्झौताले बारा र सिमरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने होटल इच्छाका सञ्चालक खतिवडाले जानकारी दिए। अन्तर्राष्ट्रिय चेन ब्रान्डको प्रवेशसँगै होटल इच्छाले आफ्नो सेवाको गुणस्तरलाई नयाँ उचाइमा पुर्याउने प्रबन्ध निर्देशक वाग्लेले बताए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS