IME Life New

अमेरिकी डलरको भाउ ऐतिहासिक उचाइमा, १ डलरको १५०.२४ रुपैयाँ, झन् बढ्नेछ महँगी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउले आज नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल राष्ट्र बैंकले तोकेको आजको विनिमय दर अनुसार १ अमेरिकी डलरको बिक्री दर १५०.२४ नेपाली रुपैयाँ पुगेको छ। एक महिनाअघि करिब १४७ रुपैयाँको हाराहारीमा रहेको डलरको भाउमा निरन्तर आएको उछालले नेपाली अर्थतन्त्रमा मिश्रित तर गम्भीर प्रभाव पार्ने देखिएको छ।

पछिल्लो एक महिनादेखि डलरको भाउ लगातार बढ्नुको मुख्य कारण भारतीय रुपैयाँ कमजोर हुनु हो। नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ स्वतः कमजोर हुन पुग्छ। विश्व बजारमा अमेरिकी अर्थतन्त्र बलियो हुनु र मध्यपूर्वमा बढ्दो तनावका कारण लगानीकर्ताहरू डलरतर्फ आकर्षित हुनु यसको प्रमुख कारण मानिएको छ।

Esewa
Crest

नेपाल एक आयात निर्भर देश भएकाले डलर महंगो हुँदा पेट्रोलियम पदार्थ, इलेक्ट्रोनिक्स, कच्चा पदार्थ र खाद्यान्नको आयात लागत बढ्छ। यसले बजारमा महँगी बढाउनेछ र सर्वसाधारणको भान्सा महँगो हुनेछ। नेपालले तिर्नुपर्ने वैदेशिक ऋण डलरमा भुक्तानी गर्नुपर्छ। डलरको भाउ बढ्दा सरकारले तिर्नुपर्ने साँवा र ब्याजको दायित्व अर्बौं रुपैयाँले बढ्न जान्छ।

अर्कोतर्फ डलर बलियो हुँदा पर्यटकहरूका लागि नेपाल भ्रमण सस्तो पर्छ, जसले पर्यटन आगमन बढाउन सक्छ। साथै, नेपालबाट निर्यात हुने सामान विदेशीका लागि सस्तो हुने हुँदा निर्यात व्यापारमा केही राहत मिल्न सक्छ। यसबाहेक विदेशमा रहेका नेपालीहरूले पठाउने डलरको सटही दर बढ्दा यहाँ रहेका परिवारले धेरै रुपैयाँ पाउनेछन्। यसले ग्रामीण अर्थतन्त्र र उपभोगमा टेवा पुऱ्याउनेछ।

नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार नेपालसँग हाल करिब २२.७६ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ। यो सञ्चितिले करिब १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ, जुन नेपालको इतिहासमा निकै बलियो अवस्था हो।

नेपालको डलर आम्दानीका मुख्य स्रोत र योगदान:

स्रोत वार्षिक आम्दानी (करिब) जिडिपीमा योगदान
रेमिट्यान्स $१२.६ अर्ब २५% – ३०%
पर्यटन $६०० – ८०० मिलियन २% – ४%
निर्यात $१.२ अर्ब ३% – ४%
वैदेशिक अनुदान $१ अर्ब २%

 

अमेरिका र इजरायलको नेतृत्वमा भइरहेको इरानमाथिको अाक्रणले मध्यपूर्व र खाडी क्षेत्रमा जारी तनाव लम्बिएमा नेपालको अर्थतन्त्रमा ठूलो धक्का लाग्न सक्छ। नेपालको रेमिट्यान्सको करिब ४१ प्रतिशत हिस्सा खाडी मुलुकबाट आउँछ। युद्ध चर्किएमा नेपाली कामदारको सुरक्षा र रोजगारी गुम्ने जोखिम हुन्छ, जसले सिधै डलर सञ्चितिमा असर पार्छ। खाडी क्षेत्रबाट इन्धन र मलको आपूर्ति अवरुद्ध भएमा नेपालमा कृषि र यातायात क्षेत्र अस्तव्यस्त हुन सक्छ। ढुवानी भाडा र बीमा खर्च बढ्दा महँगी नियन्त्रण बाहिर जान सक्ने खतरा रहन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS