IME Life New

भुजुङ हाइड्रोपावरको शेयर आइतबारबाट कारोबारमा आउने, कति पयो ओपनिङ रेन्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भुजुङ हाइड्रोपावरको शेयर आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ।

भुजुङ हाइड्रोपावरको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि शुक्रबार (शेयर कारोबार) नहुने भएकोले यो कम्पनीको शेयर आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ।

Esewa
Crest

नेप्सेमा भुजुङ हाइड्रोपावरको १ करोड कित्ता साधारण शेयर सूचीकृत भएको छ। जसमा संस्थापको ८० लाख कित्ता (८० प्रतिशत) र सर्वसाधारणको २० लाख कित्ता (२० प्रतिशत) रहेको छ।

नेप्सेले यो कम्पनीलाई ‘बीजेएचएल’ कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९०.०४ रुपैयाँ र अधिकतम २७०.१२ रुपैयाँ तोकेको छ। अब आइतबार स्पेसल प्रिसेसनमा यदि यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

भुजुङ हाइड्रोपावर गत माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ३० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलमा माघ २७ गते गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS