IME Life New

सम्पत्ति विवरण पेस नगर्ने बंगलादेशको इस्टर्न इन्स्योरेन्सका दुई पूर्वअधिकारीलाई विदेश भ्रमणमा प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ति विवरण पेस नगरेको भन्दै बंगलादेशको इस्टर्न इन्स्योरेन्स कम्पनीका दुई पूर्वअधिकारीलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको छ।

ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश अदालतले इस्टर्न इन्स्योरेन्सका पूर्वउपप्रबन्ध निर्देशक महमुद हसन र पूर्ववरिष्ठ कार्यकारी उपाध्यक्ष जन्नातुन नेसा जाकियालाई विदेश भ्रमणमा प्रतिबन्ध लगाएको हो। भ्रष्टाचार विरोधी आयोगबाट बुधबार परेको दुई छुट्टाछुट्टै निवेदनको जबाफमा अदालतका न्यायाधीश मोहम्मद सब्बीर फैजले यो आदेश जारी गरेका हुन्।

Esewa
Crest

सम्बन्धित अदालतका बेन्च सहायक मोहम्मद रियाज हुसेनले मिडियालाई यो कुरा पुष्टि गरेका छन्। ती दुई पूर्वअधिकारीमध्ये महमुद हसन हाल क्रिस्टल बीमाको अतिरिक्त प्रबन्ध निर्देशकका रुपमा कार्यरत छन्।

आयोगका सहायक निर्देशक मोहम्मद इस्माइलले बुधबार ती दुई अधिकारीको विदेश यात्रामा प्रतिबन्ध लगाउन अदालतमा निवेदन दायर गरे। महमुद हसनको सम्बन्धमा निवेदनमा भनिएको छ कि असमान सम्पत्तिको आरोपमा अनुसन्धान भइरहेको छ।

आयोगमा आफ्नो सम्पत्ति घोषणा पेस नगरेकोमा हसनविरुद्ध दायर गरिएको मुद्दा पनि अनुसन्धानका क्रममा छ। निवेदनमा भनिएको छ, ‘अनुसन्धानका क्रममा भरपर्दो स्रोतहरुले उजुरीमा नाम उल्लेख गरिएको व्यक्तिले देश छोडेर भाग्ने प्रयास गर्न सक्ने कुरा खुलासा गरेका छन्। यस अवस्थामा उजुरीको निष्पक्ष अनुसन्धानका लागि उनको विदेश यात्रामा प्रतिबन्ध आवश्यक छ।’

अर्कोतर्फ जाकियाविरुद्ध पनि यस्तै आरोप लगाइएको उल्लेख छ। उनको ज्ञात आयभन्दा बढी सम्पत्ति जम्मा गरेको आरोपमा उनीविरुद्ध अनुसन्धान भइरहेको छ र आयोगमा सम्पत्ति घोषणा पेस नगरेको आरोपमा उनीविरुद्ध दायर गरिएको मुद्दा पनि चलिरहेको छ।

निवेदनमा भनिएको छ, ‘अनुसन्धानको क्रममा भरपर्दो स्रोतहरूले उजुरीमा नाम उल्लेख गरिएको व्यक्तिले देश छोडेर भाग्ने प्रयास गर्न सक्ने कुरा खुलासा गरेका छन्। त्यसैल, उजुरीको निष्पक्ष अनुसन्धानका लागि उनको विदेश यात्रामा प्रतिबन्ध आवश्यक छ।’ –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS