IME Life New

साउदीको रियादस्थित अमेरिकी दूतावासमा आक्रमण, यी देश तत्काल छाड्न अमेरिकी नागरिकलाई आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी रक्षा मन्त्रालयले रियादमा रहेको अमेरिकी दूतावासमा दुई ड्रोनले आक्रमण गरेको पुष्टि गरेको छ। दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक विज्ञप्तिमा भनेको छ, ‘आक्रमणबाट सानो आगो लागेको छ र भवनमा सामान्य क्षति पुगेको छ।’

साउदी अरेबियामा रहेको अमेरिकी मिसनले जेद्दा, रियाद र धहरानका बासिन्दालाई ‘घरमै सुरक्षित रहन’ सल्लाह दिएको छ। सोमबार पहिले कुवेतमा रहेको अमेरिकी दूतावासबाट वा नजिकै धुँवा उडिरहेको देखिएको थियो। त्यसपछि दूतावासले बासिन्दाहरूलाई दूतावास नजिक नजान र घरमै सुरक्षित रहन सल्लाह दिएको थियो।

Esewa
Crest

इजरायल र अमेरिकाले शनिबार इरानमा आक्रमण गरेपछि इरान र इजरायलले एक–अर्कामाथि आक्रमण जारी राखेका छन्। इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरुलाई पनि निशाना बनाएको छ।

यसैबीच अमेरिकी विदेश मन्त्रालयले धेरै मध्यपूर्वी देशहरुमा बसोबास गर्ने आफ्ना नागरिकलाई एक विज्ञप्ति जारी गर्दै आक्रमणको खतराका कारण सकेसम्म चाँडो छाड्न आग्रह गरेको छ। यी देशहरुमा बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स र यमन समावेश छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS