IME Life New

पाकिस्तानको शेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो गिरावट, रोकियो १ घन्टाका लागि कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाकिस्तानको शेयर बजारमा आज ठूलो गिरावट आएको छ।

ब्लुमबर्गका अनुसार कराँची स्टक एक्सचेन्जको केएसई–३० सूचकांक प्रारम्भिक कारोबारमा लगभग १० प्रतिशतले घट्यो। यो पाकिस्तानको शेयर बजारको इतिहासमै एकै दिनमा भएको सबैभन्दा ठूलो गिरावट हो। यो गिरावटका कारण एक घन्टाका लागि कारोबार रोकिएको थियो।

Esewa
Crest

अघिल्लो सत्रमा सूचकांक १६८०६२.१७ अंकमा बन्द भएको थियो र आज प्रारम्भिक कारोबारमा १५२९१६.७७ अंकमा झरेको थियो। बिहान ११ः३५ बजे नेपाली समयअनुसार यो १५७६९०.९३ अंकमा कारोबार भइरहेको थियो। जुन १०३७१.२४ अंकले घटेको हो।

यसअघि शुक्रबार केएसई–१०० सूचकांक पनि लगभग २ प्रतिशतले घटेको थियो। यो गिरावट अफगानिस्तानसँगको सीमा झडपका कारण भएको थियो।

अमेरिका र इजरायलीले इरानमाथि गरेको आक्रमणपछि आज विश्वभरका शेयर बजारमा गिरावट आएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS