IME Life New

बागमती प्रदेश विश्वविद्यालयले ल्यायो नेपालमै पहिलो ‘मास्टर अफ रिस्क एन्ड इन्स्योरेन्स म्यानेजमेन्ट’ शैक्षिक कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बागमती प्रदेश विश्वविद्यालयले नेपालमै पहिलो मास्टर अफ रिस्क एन्ड इन्स्योरेन्स म्यानेजमेन्ट (एमआरआईएम) शैक्षिक कार्यक्रम ल्याएको छ।

यो शैक्षिक कार्यक्रमबारे जानकारी दिन आज काठमाडौंमा छलफल कार्यक्रम गरिएको थियो। छलफल कार्यक्रमको उद्देश्य एमआरआईएमलाई अगाडि बढाउन बीमा क्षेत्रलगायत विभिन्न निकायसँग सहकार्यका लागि अपिल गर्नुपर्ने रहेको थियो।

Esewa
Crest

एमआरआईएम ४ सेमेस्टरको कार्यक्रम हो। यो कार्यक्रम जोखिम व्यवस्थापन, बीमा, पुनर्बीमा, बीमांकीय आधार, डाटा विश्लेषण र नियामक ढाँचाहरुमा उच्च दक्ष पेसेवरहरु विकास गर्न डिजाइन गरिएको छ। यस शैक्षिक कार्यक्रमले व्यावहारिक पाठ्यक्रम, औद्योगिक र शैक्षिक भ्रमण, ६ महिनाको इन्टर्नसिप र थेसिसमार्फत सिद्धान्तलाई व्यवहारिक एक्सपोजरसँग एकीकृत गर्दछ।

दुई वर्षको शैक्षिक कार्यक्रममा डेढ वर्षको पढाइ हुन्छ भने बाँकी ६ महिना विद्यार्थीहरुले कम्पनीहरुमा इन्टर्नसिप गर्नुका साथै थेसिस तयार पार्नुपर्ने हुन्छ। एमआरआईएमको कुल क्रेडिट स्कोर ६३ रहेको छ। जसमा पहिलो, दोस्रो र तेस्रो सेमेस्टरको समान १८–१८ क्रेडिट स्कोर रहेको छ भने चौथो सेमेस्टरमा इन्टर्नसिपको ३ र थेसिसको ६ क्रेडिट स्कोर हुनेछ।

तेस्रो सेमेस्टरमा विद्यार्थी जीवन बीमा, निर्जीवन जीवन बीमा, सामाजिक बीमा, पुनर्बीमा, पेन्सन कोष र सम्पत्ति व्यवस्थापन, जोखिम व्यवस्थापनमध्ये कुनै एउटा विशेषज्ञता क्षेत्र रोज्नुपर्ने हुन्छ।

एमआरआईएम शैक्षिक कार्यक्रमका विशेषता

  • आधुनिक विद्यार्थी केन्द्रित शिक्षण सिकाइ दृष्टिकोण
  • समस्या र परियोजनामा आधारित सिकाइका साथ अन्तरक्रियात्मक र घटनामा आधारित सिकाइ
  • उद्योग भ्रमण, सिमुलेसन र रोल प्ले
  • प्रविधिबाट सञ्चालित सिकाइ र अनुसन्धानउन्मुख सेमिनार
  • राष्ट्रिय र अन्तर्राष्ट्रिय शिक्षाविद् तथा उद्योगका विशेषज्ञ
  • विभिन्न अनुसन्धानमा केन्द्रित विश्लेषणात्मक सोच र व्यावसायिक क्षमता प्रवर्द्धन गर्न थेसिस

योग्यताको मापदण्ड

शैक्षिक आवश्यकताः न्यूनतम सीजीपीए २.० (सेमेस्टर प्रणाली) वा न्यूनतम ४५ प्रतिशत (वार्षिक प्रणाली) हासिल मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। यी स्कोरको आवश्यकता पूरा नहुने अवस्थामा बैकिङ, फाइनान्स, बीमा वा सम्बन्धित सेवामा कम्तीमा २ वर्षको व्यावसायिक अनुभव हासिल भएका नगर्ने उम्मेदवारले यस शैक्षिक कार्यक्रममा अध्ययनका लागि आवेदन दिन सक्नेछन्।

कार्यक्रममा बागमती प्रदेश विश्वविद्यालयका डिन डा गंगाराम विश्वकर्माले नेपालको परिप्रेक्ष्यमा यो शैक्षिक कार्यक्रम आवश्यक तथा महत्वका विषयमा प्रकाश पारेका थिए। ‘नेपालको बीमा क्षेत्र साना छ तर दक्षिण एसियामै बलियो छ’, उनले भने, ‘यद्यपि, जलवायु परिवर्तन, साइबर खतरा, स्वास्थ्य संकट, वित्तीय उथलपुथल बीमा क्षेत्रमा जोखिम बढ्दै गएको छ। तसर्थ जोखिम व्यवस्थापन पक्षलाई ध्यानमा राखेर यो शैक्षिक कार्यक्रम तयार गरिएको हो।’

डिन विश्वकर्माका अनुसार बीमा क्षेत्रका विज्ञहरुसँग आवश्यक छलफल गरी यो शैक्षिक कार्यक्रम तयार गरिएको हो। यसले जोखिम व्यवस्थापन क्षेत्रमा नेपालमै दक्ष जनशक्ति उत्पादन हुने उनको भनाइ थियो।

कार्यक्रममा पोखरा विश्वविद्यालयका प्राध्यापक रवीन्द्र घिमिरेले नेपालको बीमा क्षेत्रको इतिहास लामो भएपछि हालसम्म कुनै पनि विश्वविद्यालय यस्तो शैक्षिक कार्यक्रम सञ्चालन नगरेको बताए। ‘बागमती प्रदेश विश्वविद्यालयले यो कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ’, उनले भने, ‘सानो संस्थाको यो ठूलो काम हो।’

यस किसिमको शैक्षिक कार्यक्रमले नेपालमा दक्ष र नेतृत्वदायी जनशक्ति उत्पादन हुने घिमिरेको भनाइ थियो। ‘हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुमा बीमासम्बन्धी विषय पढेका जनशक्ति निकै कम छन्’, उनले भने, ‘बीमा कम्पनीमा गएर काम गर्न थालेपछि मात्र उनीहरुले बीमाका विभिन्न सूचकहरु बुझ्छन्।’

यस शैक्षिक कार्यक्रममा विद्यार्थीले विश्वस्तर पाठ्यक्रम पढ्न पाउने बताए। ‘नेपालका मात्र नभएर अमेरिका, युरोप, भारतजस्ता देशबाट आएका विज्ञहरुले पढाउने छन्’, उनले भने, ‘यो कार्यक्रममा परियोजनामा आधारित सिकाइ प्रदान गरिनेछ।’

घिमिरेले बीमा कम्पनीहरुले अब यस शैक्षिक कार्यक्रम पढेका विद्यार्थीलाई रिसर्चका बेला विभिन्न डाटा तथा प्रोडक्टका विषयमा जानकारी दिने, पढाउने, इन्टर्नसिपमा राख्ने जस्ता पक्षमा बागमती विश्वविद्यालयसँग सहकार्य गर्नुपर्ने बताए। नियामकहरुले पनि तथ्यांक र अनुभवका विषयमा सहयोग गर्न उनले अपिल गरे।

कार्यक्रममा बीमा र शैक्षिक क्षेत्रका प्रतिनिधिहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS