IME Life New

कृषि व्यवसाय विस्तारको योजनामा हुनुहुन्छ ? ऋण लिन धाउने होइन, नबिल बैंक जानुस्, ८ दिनभित्रै पाइन्छ ऋण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तपाइँ कृषिसँग सम्बन्धित व्यवसाय विस्तारको योजनामा हुनुहुन्छ ? या तपाइँ कृषिसँग सम्बन्धित व्यवसाय सुरु गर्ने सोच्दै हुनुहुन्छ ?

यदि त्यसो हो भने ऋण लिनका लागि भौँतारिइरहनु पर्दैन। नबिल बैंकले सुलभ ब्याजदरमा सरल र सहज रुपमै कृषि कर्जा उपलब्ध गराउँदै आइरहेको छ। कृषि क्षेत्रलाई व्यावसायिक रुपमा अघि बढाउने लक्ष्यसहित ल्याइएको एग्री बिजनेस लोन किसान तथा कृषि उद्यमीका लागि सहज, छिटो र संरचित कर्जा योजना हो।

Esewa
Crest

पशुपालन, डेरी, पोल्ट्री, तरकारी तथा फलफूल खेती, माछापालन, कृषि प्रशोधन उद्योगजस्ता व्यवसाय सुरु गर्न वा विस्तार गर्नका लागि यस योजनाअन्तर्गत अधिकतम २० लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ।

१८ वर्षदेखि ६८ वर्ष उमेर समूहका, सम्बन्धित निकायमा दर्ता भएका व्यक्तिगत किसान वा एग्री–बिजनेस सञ्चालक यसका लागि योग्य मानिन्छन्।

व्यवसायको कार्यसम्पादन, कर्जा आवश्यकताहरु तथा व्यवसायको नगद प्रवाह प्रवृत्तिहरुका आधारमा कर्जा सीमा निर्धारण गरिन्छ। थप धितोले जोखिम कम गर्दै कर्जालाई अझ सुदृढ बनाउँछ।

कर्जा अवधि अधिकतम १० वर्षसम्म हुने र आवश्यक परे मोरेटोरियम सुविधासमेत समावेश गरिने भएकाले किसानलाई व्यवसाय स्थापित गर्न समय र सहजता दुवै मिल्छ।

किस्ता भुक्तानी (ईएमआई) प्रणालीमा हुने र प्रत्येक महिनाको २० गते तिर्नुपर्नेछ। परिवारको मासिक स्वतन्त्र आम्दानीको ८० प्रतिशतभन्दा बढी किस्ता नहुने मापदण्डले ऋणीमाथि अनावश्यक आर्थिक दबाब नपर्ने सुनिश्चित गरिएको छ।

कर्जा प्रक्रियाका लागि नागरिकता, कृषि व्यवसाय दर्ता प्रमाणपत्र, जग्गाधनी प्रमाणपत्र (लालपुर्जा), आवश्यक परे प्यान वा भ्याट दर्ता, आम्दानी विवरण, बैंक स्टेटमेन्ट तथा धितोसम्बन्धी कागजात पेस गर्नुपर्छ। धितो दिने व्यक्ति वा प्रमोटरको व्यक्तिगत जमानत पनि आवश्यक पर्छ।

प्रशासनिक शुल्क कुल कर्जा सीमाको ०.७५ प्रतिशत र कर्जा ग्यारेन्टी शुल्क ०.२० प्रतिशत (अर्धवार्षिक) लाग्नेछ भने सीआईसी, एसटीआर तथा बीमा शुल्क वास्तविक लागतअनुसार तिर्नुपर्ने हुन्छ।

सबै कागजात पूरा भएमा कर्जा स्वीकृतिसम्म ४ दिन र स्वीकृतिपश्चात निकासासम्म थप ४ दिन गरी जम्मा ८ दिनभित्र कर्जा उपलब्ध गराउने छ।

एकमुष्ट वा किस्ताबन्दी रुपमा रकम निकासा गर्न सकिने भएकाले व्यवसायको प्रकृतिअनुसार लचकता पनि प्रदान गरिएको छ। समग्रमा यो योजना कृषि क्षेत्रमा लगानी बढाउन, उत्पादन विस्तार गर्न र किसानलाई आत्मनिर्भर व्यवसायी बनाउने उद्देश्यले ल्याइएको प्रभावकारी कर्जा सुविधा हो।

सरल र सहज किसिमले लिन सकिने यो कर्जाले कृषिमा व्यवसाय सुरु गर्न वा विस्तार गर्न सहज हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS