IME Life New

हकप्रदबापतको रकम जम्मा गर्न आधारभूत शेयरधनीलाई बुद्धभूमि नेपाल हाइड्रोपावरको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले आफ्ना आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ।

कम्पनीले एक सूचना जारी गर्दै आफ्ना आधारभूत शेयरधनीहरुलाई आफ्ना हकबराबरको शेयरको रकम दाखिला गर्न आग्रह गरेको हो। आधारभूत शेयरधनीहरुले काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया बैंकमा रहेको एनआईसी एसिया–बुद्धभूमि नाममा खोलिएको बैंक खातामा रकम जम्मा गर्नुपर्नेछ।

Esewa
Crest

कम्पनीका अनुसार फागुन २३ गतेसम्म रकम रम्मा गरी आफ्ना हकबराबरको शेयर आधारभूति शेयरधनीहरुले सुरक्षित गर्न सक्नेछन्। तोकिएको अवधिभित्र आधारभूति शेयरधनीहरुले रकम दोखिला नगरे कानुनबमोजिम हुने सूचनामा उल्लेख छ।

आधारभूत शेयरधनी भन्नाले कम्पनीमा चुक्तापुँजीको १ वा सोभन्दा बढी शेयरधारण गर्नेलाई जनाउँछ।

बुद्धभूमि हाइड्रोपावरले हालै नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता शेयर जारी गर्नेछ।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS