काठमाडौं । नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल र मानवसेवा आश्रम वीरगञ्जबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा भएको सहमतिमा अस्पतालले मानवसेवा आश्रमका सदस्यहरूलाई विशेष सहुलियत दर तथा निःशुल्क उपचार सुविधाहरू उपलब्ध गराउनेछ।
कलेजको तर्फबाट डा. अंसारी र आश्रमको तर्फबाट देवेस प्रसादले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
कलेजका अध्यक्ष जैनुद्दिन अन्सारी, प्रबन्ध निर्देशक सहनवाज अंसारि, शैक्षिक निर्देशक डा. रूबि श्रेष्ठ यासमिन, मानव सेवा आश्रमका संरक्षक डा. दिपक शाक्य, हरि गाैतम, देवेस प्रसाद लगाायतको उपस्थिति रहेको थियो।












