IME Life New

सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका रोजगारदातालाई तिराइयो रू २० लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सुरक्षा कोषमा श्रमिकलाई आबद्ध नभएका एक रोजगारदातालाई सर्वोच्च अदालतले श्रमिक परिवारलाई रू. २० लाख ४३ हजार भुक्तानी गर्न कोषले दिएको आदेश सदर गरेको छ।

वीरगञ्जको औद्योगिक करिडरमा रहेको उद्योगमा कार्यरत मजदुरको असायमीक निधनपछि रोजगारदाताले निजको श्रीमतिलाइ पेन्सनवृत्तीवापतको रकम दिन अस्वीकार गरेको थियो।

Esewa
Crest

कानूनी उपचार खोज्दै पीडित पक्षले कोष गुहारेपछि कोषले २० लाख ४३ हजार रूपैयाँ भुक्तानी गर्न आदेश दियो। रोजगारदाताले आदेश बदरको माग गर्दै उच्च अदालत देखि सर्वोच्च अदालतसम्म मुद्दा दायर गरेका थिए।

श्रम ऐनको प्रावधान अनुसार, कोषले दिएको आदेश उच्च अदालत हुँदै सर्वोच्च अदालतले समेत सदर गरेपछि रोजगारदाता रकम दिन बाध्य भएका हुन् ।

कोषले एक कार्यक्रम बीच अदालतको फैसलापछि पेन्सनवापतको रकम एकमुष्ठ मृतक श्रमिकका आश्रित श्रीमती उमा देवीलाई हस्तान्तरण गरेको छ।

कोषले नियमित योगदान गर्ने अवस्थामा जोखिम कोषले बहन गर्ने र योगदान नगरेमा सम्पूर्ण दायीत्व रोजगारदाताकै हुने विषयमा यो घटनाले रोजगारदातालाई सचेत गराउन बल पुग्ने विश्वास व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS