इन्योरेन्स खबर/काठमाडौँ: सरकारले राष्ट्रिय बीमा संस्थानको प्रशासकमा झापाका कविप्रसाद पाठकलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले शिफारिशको पहिलो नम्बरमा रहेका पाठकलाई प्रशासक बनाएको हो । अन्य प्रतिस्पर्धीमा अर्थ मन्त्रालयका वरिष्ठ तथ्याङ्कशास्त्री डा. डिल्लीराज अर्याल र बुद्धकाजी श्रेष्ठ रहेका थिए।
अर्थ मन्त्रालयले गठन गरेको प्रशासक नियुक्ति तथा शिफारिश समितिले प्रस्ताव आब्हान गर्दा ५ जनाले आवेदन दिएका थिए । व्यवसायीक योजना र अन्तरवार्तापछि समितिले पाठकलगायत ३ जनाको नाम शिफारिश गरेको थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले गत चैत २२ गते मन्त्रीस्तरीय निर्णयअनुसार संस्थानमा प्रशासक छनोट तथा सिफरिस गर्न वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति गठन गरेका थिए । जीवन बिमा कारोबार गर्ने संस्थान पूर्ण सरकारी स्वामित्वमा सञ्चालित छ ।