IME Life New

सुपरमाई हाइड्रोपावरको सवा ४८ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुपरमाई हाइड्रोपावरको सवा ४८ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको कुल ४८ लाख २५ हजार ७०० कित्ता शेयरको लकइन अवधि आउँदो फागुन ४ गतेबाट सकिने जानकारी गराएको हो। हाल संस्थापकको ४२ लाख ८० हजार कित्ता, आयोजना प्रभावित स्थानीयको ५ लाख ३५ हजार कित्ता र कम्पनीका कर्मचारीहरुको १० हजार ७०० कित्ता शेयर लकइनमा राखिएको छ।

Esewa
Crest

यो कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपीओ २०७९ फागुन ५ गते बाँडफाँट गरिएको थियो। कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ती समूहका शेयर ३ वर्षका लागि लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS