IME Life New

प्राधिकरण कर्णाली प्रदेश कार्यालयद्वारा सल्यानमा बीमा सम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयद्वारा सल्यान जिल्लामा बीमा सम्बन्धी विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्। पुस २४ र २५ गते सञ्चालन गरिएका यी कार्यक्रमहरूमा विपतमा वित्तीय व्यवस्थापन, कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिमुखीकरण र विद्यार्थीसँग बीमा सचेतना विषयलाई केन्द्रमा राखेर छलफल तथा अन्तर्क्रिया गरिएको थियो।

विपतमा वित्तीय व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तर्क्रिया
जिल्ला प्रशासन कार्यालय सल्यानको समन्वयमा जिल्ला समन्वय समितिको सभाहल, सल्यान खलङ्गमा पुस २५ गते सम्पन्न विपतमा वित्तीय व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा सल्यान जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, , प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका सदस्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित कार्यालयका प्रमुखरप्रतिनिधि, बीमकका स्थानीय प्रतिनिधि, पत्रकार लगायत करिब ५० जनाको सहभागिता रहेको थियो।

Esewa
Crest

कार्यक्रममा नेपालमा जोखिमको अवस्था, विपत्तिको तथ्याङ्क, विपत् व्यवस्थापनका चरण, विपत् व्यवस्थापनमा स्थानीय तह तथा सरोकारवालाको भूमिका, तथा विपत् पश्चातको पुनर्निर्माणमा बीमाको महत्त्व समेत समावेश हुनेगरी नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख निप्रसाद लामिछानेले प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावतले प्राकृतिक जोखिमयुक्त मुलुक नेपालमा विपत् व्यवस्थापनका लागि बीमा अत्यन्त महत्वपूर्ण औजार भएको धारणा व्यक्त गर्दै, यस कार्यक्रमबाट बीमाको महत्व स्पष्ट रूपमा बुझ्न पाएको बताए ।

कार्यक्रमका अध्यक्ष तथा सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले कार्यक्रम अत्यन्त फलदायी भएको उल्लेख गर्दै, विपत् व्यवस्थापनका लागि बीमा सरल, कम खर्चिलो र प्रभावकारी माध्यम भएकोले विपत् सम्बन्धी नीति तथा योजना निर्माणमा बीमालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए। उक्त कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक निर्देशक विपना पन्थीले गरेकी थिइन् ।

कृषि, पशुपन्छी तथा जडिबुटी बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम

जिल्ला कृषि विकास कार्यालयको सभाहल, शारदा, सल्यानमा पुस २४ गते सम्पन्न कृषि, पशुपन्छी तथा जडिबुटी बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा सल्यान जिल्लाका स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवाका अधिकृत एवम् प्राविधिक, कृषि विकास केन्द्र तथा पशु अस्पताल तथा पशु सेवा कार्यालयका कर्मचारी, कृषि तथा पशु विज्ञान अध्यापन गर्ने प्रशिक्षक लगायतका कृषि तथा पशुसेवासँग प्रत्यक्ष संलग्न हुने प्राविधिक कर्मचारीहरूमध्ये करिब ५० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा बीमाका आधारभुत विषय, कृषि तथा पशुपन्छी बीमासम्बन्धमा नेपालको विद्यमान व्यवस्था, केही कृषि तथा पशुपन्छी बीमालेख तथा सुविधाहरू, राष्ट्रिय तथा प्रदेशस्तरको तथ्याङ्क, सल्यान जिल्लामा कृषि बीमा विस्तारका सम्भावना, कृषि बीमा विस्तारमा कृषि प्राविधिक तथा कृषि क्षेत्रमा कार्यारत कर्मचारीको भुमिका तथा एएलआइएस सफ्टवेयर सम्बन्धी जानकारी नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख निलप्रसाद लामिछाने र सहायक निर्देशक विपना पन्थीले प्रस्तुत गरेकी थिइन् ।

विशेष अतिथिका रूपमा कृषि विकास कार्यालय, सल्यानका प्रमुख महेश आचार्यले सल्यान जिल्लामा कृषि बीमाको अवस्था शुन्य देखिनु दुःखद भएको बताउँदै, यस वर्ष सुन्तला उत्पादनमा आएको ह्रासको उदाहरण प्रस्तुत गर्दै बीमा गरिएको भए कृषकले आर्थिक क्षतिपूर्ति पाउन सक्ने उल्लेख गरे ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय, सल्यानका प्रमुख गोविन्द बहादुर महतले क्षतिको अवस्थामा सरकारी राहत न्यून र प्रक्रियागत हुने हुँदा कृषकलाई बीमामा आबद्ध गराउनु नै दीर्घकालीन समाधान भएको बताए ।

साथै, यस कार्यमा कृषि क्षेत्रमा कार्यरत कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे । उक्त कार्यक्रममा विशेष अतिथिहरूले आगामी दिनमा कृषि तथा पशुपन्छी बीमामा किसानलाई समावेश गर्न रणनैतिक रूपमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम सञ्चालन प्राधिकरणका सहायक प्रथम विश्वराज भट्टराईले गरेका थिए ।

विद्यार्थीसँग बीमा सचेतना कार्यक्रम
त्रिभुवन जन माध्यमिक विद्यालय, शारदा–०२, सल्यानमा पुस २४ गते सम्पन्न विद्यार्थी सँग बीमा सचेतना कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत करिब ७० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक श्री माधव विक्रम जी.सी. रहेका थिए । कार्यक्रममा बीमाको परिचय, प्रकार, महत्व, केही बीमालेख तथा बीमा दर सम्बन्धी प्रस्तुतीकरण नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक विपना पन्थीले गरेकी थिइन् ।

कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले घर बीमा, दुर्घटना बीमा तथा स्वास्थ्य बीमाको अपरिहार्यताबारे जिज्ञासा व्यक्त गर्दै बीमामा आबद्ध हुने प्रक्रियाबारे चासो देखाएका थिए। कार्यक्रममा उठेका प्रश्नहरूको स्पष्ट जवाफसहित समापन नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख निलप्रसाद लामिछानेले गरेका थिए भने कार्यक्रम सञ्चालन सहायक प्रथम विश्वराज भट्टराईले गरेका थिए । सहभागी विद्यार्थीहरूले घर परिवार तथा साथीभाइलाई बीमामा आबद्ध हुन प्रेरित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले यस्ता कार्यक्रमहरूले बीमाप्रति आम नागरिकको बुझाइ अभिवृद्धि गर्नुका साथै विपत् जोखिम व्यवस्थापनमा बीमाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरेको छ। साथै विपत्तिबाट हुन सक्ने गरिबी रोक्न बीमा निकै प्रभावकारी हुनेहुदाँ बीमाको समावेशी पहुँच विस्तारका लागि बीमा सचेतना सम्बन्धी कार्यक्रमहरू उत्साहपूर्वक सञ्चालन गर्नुपर्नेछ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS