काठमाडौं । श्रीलंकाको बीमा संघले मोटर बीमालाई आधुनिकीकरण गर्ने उद्देश्यले ई मोटर बीमा डिजिटल कार्ड शुरू गर्दै ट्राफिक प्रहरीलाई ५०० ट्याब्लेटहरू(हातमा बोक्न सकिने मोबाइलभन्दा ठूलो आकारको एक प्रकारको कम्प्युटर) वितरण गरेको छ।
संघका अनुसार, यसका १३ निर्जीवन बीमक सदस्यसँगको सहकार्यमा प्रहरीलाई प्रदान गरिएका उपकरणले नयाँ दुर्घटना व्यवस्थापन प्रणाली कार्यान्वयनमा प्रहरीलाई सहयोग गर्नेछन् ।
ई मोटर कार्डले प्रहरीलाई आवश्यक प्रविधिले सुसज्जित गरेर, बीमक, नियामक र कानून प्रवर्तक बीचको सम्बन्धलाई बलियो बनाउने प्रयास गरिएको संघको भनाई छ।
संघले यी ट्याब्लेटहरूले प्रहरी अधिकारीलाई दुर्घटना तथ्याङ्क डिजिटल र वास्तविक समयमा रेकर्ड गर्न सक्षम बनाउने, कागजी निर्भरता घटाउने र दुर्घटना रिपोर्टिङको शुद्धता र दक्षता दुबै सुधार गर्ने अपेक्षा गरिएको छ।












