IME Life New

शिखर पावरको आइपीओ माघ ६ गतेबाट आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर पावर डेभलपमेन्टले आउँदो माघ ६ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डले १०० रुपैयाँ अंकित दरका ३२ लाख कित्ता शेयर जारी गर्ने अनुमति पाएको छ।

Esewa
Crest

कम्पनीले कुल कित्तामध्ये ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र बागलुङको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङको ढोरपाटन नगरपालिका बडा नं. २, ३, ४ र ५ का बासिन्दाका लागि जारी गर्न लागेको छ।

यसैगरी सर्वसाधारणका लागि छुट्याइएको २२ लाख २० हजार कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख २२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरिनेछ।

यो आइपीओमा दुवै समूहले १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयले ग्लोबल आइएमई बैंकका शाखा नक्साल, बुर्तिवाङ र बाग्लुङ बजार, प्रभु बैंकको शाखा ग्वालीचौर, गरिमा विकास बैंकको शाखा बुर्तिवाङ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शाखा बुर्तिवाङबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित स्थानीयका लागि यो आइपीओ निष्कासन बन्द छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका लागि भने छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गते हुनेछ।

शिखर पावरको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS