IME Life New

चुरोटमा अन्तःशुल्क घोषणाले एलआईसी भारतको भारु १.०५ खर्ब स्वाहा !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको केन्द्र सरकारले चुरोटमा अन्तःशुल्क घोषणा गरेको छ। जुन फेब्रुअरी २०२६ देखि लागू हुनेछ।

यो शुल्क चुरोट र सुर्तीजन्य पदार्थमा ४० प्रतिशत जीएसटीको अतिरिक्त हो। यो सरकारी निर्णयपछि भारतका चुरोट उत्पादकहरुको शेयरमा तीव्र गिरावट आएको छ। गडफ्रे फिलिप्स र आईटीसी लिमिटेडको शेयरभाउ २ दिनमा २० प्रतिशतभन्दा बढीले घटेको छ।

Esewa
Crest

आईटीसीको शेयरभाउ बिहीबार १० प्रतिशतले घट्यो र आज शुक्रबार प्रतिशेयर ४ प्रतिशतले घटेर भारु ३४९ मा कारोबार गरिरहेका छन्। यो तीव्र गिरावटले लगानीकर्तालाई उल्लेखनीय घाटा पुर्याएको छ। एलआईसी भारतको आईटीसीमा पनि ठूलो लगानी छ। जसले गर्दा एलआईसी भारतले २ दिनमा ठूलो घाटा व्यहोर्नुपरेको छ।

सेप्टेम्बर ३० सम्ममा दोस्रो ठूलो शेयरधारक एलआईसी भारतको आईटीसीमा १५.८६ प्रतिशत हिस्सा रहेको छ। फलस्वरुप एलआईसी भारतको सम्पत्ति २ दिनमा लगभग भारु १ खर्ब ५ अर्बले घटेको छ।

बुधबार आईटीसीमा एलआईसी भारतको हिस्सा भारु ८० अर्ब ७९ करोड ८४ लाखबाट घटेर भारु ६ खर्ब ९४ अर्ब ९८ करोड ५७ लाखमा झरेको छ। जुन २ दिनमा भारु १ खर्ब ५ अर्ब ५८ करोड १० लाखले घटेको छ। एलआईसी भारतले सन् २०१७ देखि कम्तीमा १५–१६ प्रतिशतको दायराभित्र आईटीसीमा आफ्नो हिस्सा कायम राखेको छ।

आईटीसीको बजार पुँजीकरण पनि भारु ४५ खर्ब ५९ अर्ब ९१ करोडमा झरेको छ। शेयरभाउले पनि आज प्रतिशेयर भारु ३४५.२५ मा आफ्नो न्यूनतम स्तर छोएको छ। आईटीसीको शेयरभाउ ५२ हप्ताको उच्चतम भारु४७१.५० पुगेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS