IME Life New

भुजुङ हाइड्रोपावरको आइपीओमा स्थानीयले आवेदन दिने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भुजुङ हाइड्रोपावरले आइपीओमा आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज पुस १७ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत पुस ३ गतेबाट पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको थियो। स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। यो आइपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई भने पुस ७ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले भुजुङ हाइड्रोपावरलाई जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबराको १०० रुपैयाँ अकित दरका साधारण शेयर निष्कासनको अनुमति दिएको छ। जसमा जारी पुँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँबराबरको शेयर आयोजना प्रभावित र १० करोड रुपैयाँबराबरको शेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमध्ये लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नं. ४ प्रत्यक्ष प्रभावित क्षेत्रका लागि ६० प्रतिशतले हुन आउने ६ लाख कित्ता र ४० प्रतिशतले हुन आउने ४ लाख कित्ता सोही गाउँपालिकाका वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का लागि अप्रत्यक्ष रुपमा प्रभावित स्थानीयका लागि जारी गरेको छ।

यसैगरी सर्वसाधारणका लागि छुट्याएको १० लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख कित्तामा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

स्थानीयले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। स्थानीयले क्व्होलासोथार गाउँपालिका वडा नं. ४ कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसीसहर शाखा र भुजुङ हाइड्रोपावरको काठमाडौंको सामाखुसीस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यो आइपीओको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS