IME Life New

वैदेशिक रोजगारमा रहेकाले सूर्यकुण्ड हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारमा रहेका नेपालीले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओमा आवेदन दिने आज पुस १४ गते अन्तिम दिन रहेको छ।

कम्पनीले यही पुस ९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको थियो। यो आइपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयका लागि जारी आइपीओको निष्कासन बन्द भने छिटोमा पुस २३ गते र ढिलोमा माघ ८ गते बैंकिङ समयपछि हुनेछ।

Esewa
Crest

कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर जारी गर्ने अनुमति पाएको छ। त्यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको छ। सो आइपीओमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण वडावासीले आवेदन दिन सक्नेछन्।

यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ६८ लाख ९६ हजार ७०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६८ हजार ९६७ कित्ता शेयरमा वैदेशिक रोजगारमा नेपालीले आवेदन दिन सक्नेछन्। दुवै समूहले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा सीडीएससीको मेरो शेयर आवेदन दिन सक्नेछन्।

स्थानीयले भने ज्योति विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंकको खैरेनिटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खैरेनिटार शाखा, थापाथलीस्थित ट्रेडटावरमा रहेको कम्पनीको रजिस्टर्ड कार्यालय र दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्।

सूर्यकुण्ड हाइड्रोको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS