IME Life New

नियम उल्लंघन गरेको भन्दै रिलायन्स जनरल इन्स्योरेन्सलाई भारू १ करोड जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरणले रिलायन्स जनरल इन्स्योरेन्स (हाल इन्डसइन्ड जनरल इन्स्योरेन्स) लाई विभिन्न नियामक व्यवस्थाहरू उल्लंघन गरेको भन्दै १ करोड भारतीय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

एशियन इन्स्योरेन्स पोष्टका अनुसार, नियामक निकायले २७ डिसेम्बर २०२१ देखि ३१ डिसेम्बर २०२१ सम्म कम्पनीको  गैरस्थलगत सुपरिवेक्षण गरेको थियो। सुपरिवेक्षणका क्रममा कम्पनीले बीमा ऐन, १९३८ र प्राधिकरणले जारी गरेका विभिन्न निर्देशिका तथा परिपत्रहरूको उल्लंघन गरेको पाइएको हो।

Esewa
Crest

निरीक्षण प्रतिवेदनले कम्पनीभित्र दुईवटा मुख्य वित्तीय अनियमितताहरू औंल्याएको छः

१) ब्रोकर्सको मातृ संस्थालाई शंकास्पद भुक्तानीः आर्थिक वर्ष २०१८।१९ मा रिलायन्स जनरलले ग्लिटरबग टेक्नोलोजिज प्रालिलाई करिब ५.१६ करोड भारतीय रुपैयाँ भुक्तानी गरेको पाइएको छ। ग्लिटरबग कभरफक्स इन्स्योरेन्स ब्रोकिङको मातृ संस्था हो। निरीक्षणका क्रममा यो भुक्तानी उपभोक्ता सचेतना कार्यक्रमको नाममा गरिए पनि, कम्पनीले पेश गरेको बीजक र सम्झौताको कार्यक्षेत्रबीच कुनै तादात्म्यता नदेखिएको नियामकले जनाएको छ। साथै, ग्लिटरबगका निर्देशक सञ्जीव झा कभरफक्समा पनि निर्देशक रहेको पाइएको छ, जसले स्वार्थको द्वन्द्व दर्शाउँछ।

२) अर्को कम्पनीको एजेन्टलाई स्वेच्छाचारी भुक्तानीः कम्पनीले ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडका एक अभिकर्तालाई गैरकानूनी रूपमा ठूलो रकम भुक्तानी गरेको भेटिएको छ। प्रतिवेदन अनुसार, ती अभिकर्तालाई आर्थिक वर्ष २०१८।१९ मा १.१४ करोड भारू, २०१९।२० मा २७ लाख र २०२०।२१ मा २८.६७ लाख भारतीय रुपैयाँ स्वेच्छाचारी ढंगले भुक्तानी गरिएको थियो।

हाल यो बीमा कम्पनी इन्डसइन्ड जनरल इन्स्योरेन्सको नामबाट सञ्चालित छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS