IME Life New

चिलिमे जलविद्युतको लाभांश घोषणा, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ८ अर्ब ७८ करोड २३ करोड ९६ हजार ९२३.८३ रुपैयाँको कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ८ प्रतिशतले हुन आउने ७० करोड २५ लाख ९१ हजार ७५३.९१ रुपैयाँबराबरको बोनस शेयर र ४ प्रतिशतले हुन आउने ३५ करोड १२ लाख ९५ हजार ८७३.९५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) छन्।

Esewa
Crest

यो लाभांश अनुमोदन गर्न कम्पनीले यही पुस ३० गते २९ औँ वार्षिक साधारणसभा आयोजना गर्ने गरेको छ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS