काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ८ अर्ब ७८ करोड २३ करोड ९६ हजार ९२३.८३ रुपैयाँको कुल १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ८ प्रतिशतले हुन आउने ७० करोड २५ लाख ९१ हजार ७५३.९१ रुपैयाँबराबरको बोनस शेयर र ४ प्रतिशतले हुन आउने ३५ करोड १२ लाख ९५ हजार ८७३.९५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) छन्।
यो लाभांश अनुमोदन गर्न कम्पनीले यही पुस ३० गते २९ औँ वार्षिक साधारणसभा आयोजना गर्ने गरेको छ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।


















